माछापुच्छ्रे बैँकका एक सञ्चालकको राजीनामा स्वीकृत, दुई नियुक्त
शुक्रबार, २१ मङ्सिर २०८१, १० : ४६
काठमाडौँ । माछापुच्छ्रे बैँकका सञ्चालक हरिभक्त सिग्देलको राजीनामा स्वीकृत भएको छ । रामजानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्स प्रा।लि।बाट प्रतिनिधित्व गरेका सञ्चालक सिग्देलले मंसिर १४ गते सञ्चालक समितिसमक्ष दिएको राजीनामा बिहीबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।
त्यस्तै, सोही बैठकले दुई सञ्चालकको नियुक्ति समेत गरेको छ । त्यसमध्ये रामजानकी इन्भेष्टमेन्टको तर्फबाट नुवाकोट शिवपुरीका मुकुन्द महत र संस्थापक शेयरधनीको तर्फबाट नियुक्त महोत्तरीको मटिहानीका अनिश साहलाई नियुक्त गरिएको बैंकका कम्पनी सचिव सुभास जम्मरकट्टेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण