परिपत्र
६० निजामती कर्मचारीलाई कोरियामा १७ महिनाका लागि वैदेशिक अध्ययन तथा तालिम सम्बन्धी छात्रवृत्तिको अवसर
शुक्रबार, २१ मङ्सिर २०८१, १३ : ५९
काठमाडौँ । ६० निजामती कर्मचारीले दक्षिण कोरियामा १७ महिनासम्म वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिको अवसर पाउने भएका छन् । आगामी जनवरी २० देखि १७ महिनाका लागि ती कर्मचारी दक्षिण कोरियामा छात्रवृत्ति अन्तर्गत अध्ययन/तालिममा सहभागी हुन पाउने भएका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत मानव संसाधन योजना शाखाले सरकारी सबै निकाय तथा तहलाई वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिमा पठाउने कर्मचारी मनोनयन गरी जानकारी पठाउन आह्वान गरेको छ ।
छात्रवृत्ति मनोनयनमा सम्बन्धित सेवा, समूह र श्रेणीभित्रका समावेशी महिला, आदिवासी÷जनजाति, मधेसी, दलित, अपाङ्ग, पिछडिएको क्षेत्र तथा हालसम्म अवसर नपाएका र दुर्गममा सबैभन्दा बढी समय काम गरेका आधारमा कर्मचारीलाई प्राथमिकता दिइ मनोनयन गर्न पनि मन्त्रालयले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण