एरिका र सरुलाई काठमाडौँ युरोको सम्मान
काठमाडौँ । गोंगबुस्थित काठमाडौँ युरो स्कुलले कराँतेकी एरिका गुरुङ र राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सरु लिम्बुलाई शुक्रवार नगद पुरस्कारसहित सम्मान गरेको छ । काठमाडौँ युरोले स्पोर्टस मिटको समापन कार्यक्रममा दुवै खेलाडीलाई खेलकुदको माध्यमबाट राष्ट्रलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्त्वपूर्ण योगदान गरेबापत सम्मान गरेको हो ।
काठमाडौँ युरोका अध्यक्ष प्रमोद पाण्डे, बोर्ड अफ डाइरेक्टर राजाराम पुडासैनी र ज्ञानेन्द्रमान जोशी, शैक्षिक निर्देशक डा. दीपक गुप्ता तथा भाइस प्रिन्सिपल राममणि पौडेलले एरिका र सरुलाई नगद पुरस्कार र प्रसंशापत्र प्रदान गरे ।
सोही अवसरमा एरिका र सरुले स्पोर्टस मिटका विभिन्न खेलमा पदक जित्न सफल खेलाडीलाई पुरस्कृत पनि गरे । स्पोर्टस मिटमा फुटबल, बास्केटबल, एथलेटिक्स, कबड्डी र विभिन्न परम्परागत खेलमा प्रतिस्पर्धा भएको थियो ।
एसियाली खेलकुदकी ऐतिहासिक रजत पदक विजेता एरिकाले आफूले समग्रमा खेलेको ६ अन्तर्राष्ट्रिय प्रतियोगितामा चार स्वर्ण, तीन रजत र एक कांस्य पदक जितेकी छन् ।
इटालीमा भएको १३ औँ विश्व कराँते च्याम्पियनसिप पनि एरिकाले एक ‘बाउट’ जितेकी थिइन् । राष्ट्रिय महिला फुटबल टोलीकी उत्कृष्ट मिडफिल्डर सरुले भारत र पाकिस्तानमा व्यावसायिक लिग खेलेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण