कानुनी समस्याका कारण कुनै पनि योजना अवरुद्ध हुन दिँदैनौँ: मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माण क्षेत्रलाई गति दिने काम सरकारको प्राथमिकतामा परेको बताएका छन् । १७ औ राष्ट्रिय निर्माण दिवसका अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले निकालेको प्रभातफेरी उद्घाटनका क्रममा उनले अधुरा योजनाहरूलाई समयमा नै पूरा गराउने प्रतिबद्धता जनाए ।
निर्माण व्यवसायीलाई दिन बाँकी भुक्तानी केहि उपलब्ध गराइएको भन्दै बाँकी रकम समेत आउँदो साता निकासा हुने उनको भनाई थियो ।
निर्माण क्षेत्रमा देखिने सुस्तताले नागरिक निराश हुने भएकाले सबै तिर उत्साह जगाउने गरी काम गर्न उनले निर्माण व्यवसायीहरूलाई आग्रह समेत गरे । नीतिगत र कानुनी समस्याका कारण कुनै पनि योजना अवरुद्ध हुन नदिने उनको प्रतिबद्धता थियो ।
कार्यक्रममा निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले देशलाई समृद्ध बनाउन निर्माण क्षेत्रलाई गति दिन जरुरी रहेको बताए। यसका लागि सरकारले कतिपय नीतिगत र कानुनी व्यवस्थामा सुधार गर्न खाँचो रहेको बताए। महासंघले निर्माण दिवशको अवसर पारि प्रभातफेरी तथा रक्तदान कार्यक्रमको आयोजना गरेको महासचिव रोशन दाहालले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण