भौतिक मन्त्रालयअन्तर्गतको रकम भुक्तानी हुँदैमा निर्माण क्षेत्रले गति लिन सक्दैन: अध्यक्ष सिंह
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूको बाँकी भुक्तानी मंसिरभित्रै दिन सरकारसँग आग्रह गरेका छन् ।
१७ औँ राष्ट्रिय निर्माण दिवसको अवसरमा सोमवार काठमाडौँमा प्रभातफेरी कार्यक्रममा बोल्दै उनले बैंंकहरुले निर्माण व्यवसायीहरूलाई ब्याज तिर्न मंसिरसम्मको समय दिएको उल्लेख गर्दै मङ्सिरभित्रै सरकारले निर्माण व्यवसायीहरूको बाँकी भुक्तानी दिन नसके निर्माण व्यवसायीहरू पलायन हुने बताए ।
उनले निर्माण क्षेत्रका समस्याबारे प्रधानमन्त्री र मन्त्रीहरुलाई जानकारी गराइरहेको भन्दै छिटो भन्दा छिटो सरकारले निर्माण क्षेत्रलाई चलायमान बनाउने कदमहरू अघि बढाउनुपर्ने बताए । उनले निर्माण क्षेत्रमा भएका समस्याहरू पहिचान गर्न आग्रह गरे ।
सार्वजनिक खरिद नियमावलीको संशोधनबाट म्याद थप भएका योजनाहरू सम्पन्न गर्न नै बाधक बनिरहेको उल्लेख गर्दै सरकारसँग निर्माण व्यवसायीहरूले लिनुपर्ने भुक्तानीको आँकडा पेस गर्दा सरकारले कम आँकडा पेस गरेको दाबी गरे ।
अध्यक्ष सिंहले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका केही रकम भुक्तानी हुँदैमा निर्माण क्षेत्रले गति लिन नसक्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
-
चिसो कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
-
१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार