भौतिक मन्त्रालयअन्तर्गतको रकम भुक्तानी हुँदैमा निर्माण क्षेत्रले गति लिन सक्दैन: अध्यक्ष सिंह
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूको बाँकी भुक्तानी मंसिरभित्रै दिन सरकारसँग आग्रह गरेका छन् ।
१७ औँ राष्ट्रिय निर्माण दिवसको अवसरमा सोमवार काठमाडौँमा प्रभातफेरी कार्यक्रममा बोल्दै उनले बैंंकहरुले निर्माण व्यवसायीहरूलाई ब्याज तिर्न मंसिरसम्मको समय दिएको उल्लेख गर्दै मङ्सिरभित्रै सरकारले निर्माण व्यवसायीहरूको बाँकी भुक्तानी दिन नसके निर्माण व्यवसायीहरू पलायन हुने बताए ।
उनले निर्माण क्षेत्रका समस्याबारे प्रधानमन्त्री र मन्त्रीहरुलाई जानकारी गराइरहेको भन्दै छिटो भन्दा छिटो सरकारले निर्माण क्षेत्रलाई चलायमान बनाउने कदमहरू अघि बढाउनुपर्ने बताए । उनले निर्माण क्षेत्रमा भएका समस्याहरू पहिचान गर्न आग्रह गरे ।
सार्वजनिक खरिद नियमावलीको संशोधनबाट म्याद थप भएका योजनाहरू सम्पन्न गर्न नै बाधक बनिरहेको उल्लेख गर्दै सरकारसँग निर्माण व्यवसायीहरूले लिनुपर्ने भुक्तानीको आँकडा पेस गर्दा सरकारले कम आँकडा पेस गरेको दाबी गरे ।
अध्यक्ष सिंहले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका केही रकम भुक्तानी हुँदैमा निर्माण क्षेत्रले गति लिन नसक्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण