इरानको युरेनियम संवर्धनमा भएको वृद्धिप्रति चिन्ता व्यक्त
शनिबार, २२ मङ्सिर २०८१, १३ : ३४
तेहरान । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का प्रमुख राफेल ग्रोसीले इरानले अत्यधिक मात्रामा युरेनियम प्रशोधन गर्ने निर्णय ‘गम्भीर चिन्ताको विषय’ भएको बताएका छन्।
ग्रोसीले बीबीसीसँग भने, ‘इरानले आफ्नो युरेनियम संवर्धनलाई ६० प्रतिशतमा पुर्याइरहेको छ। यो आणविक हतियार बनाउने स्तरमा युरेनियम प्रवर्द्धन गर्ने भन्दा मात्रै थोरैले काम हो।’
युरेनियम संवर्धन बढाउने निर्णयलाई हालैका महिनाहरूमा सिरिया, लेबनान र गाजामा इरानको सैन्य र कूटनीतिक असफलताको प्रतिक्रियाको रूपमा हेरिएको छ। राफेल ग्रोसीले भने, ‘इरानका केही नेताहरूले आणविक हतियार बनाउने कुरा गरिरहेको लुकेको कुरा होइन ।’
यद्यपि, आईएईए प्रमुखले हालैका दिनहरूमा इरानी नेतृत्वसँग कुरा गरेको र उनीहरूले ‘यो विकल्प रोज्नेछन्’ भन्ने आफूलाई नलागेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका-इरान तनाव र हुथीको आक्रमण: गहिरिँदै पश्चिम एसियाको सङ्कट
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
-
कोशी प्रदेशको कुल आय ६ वर्ष यताकै कम, अघिल्लो वर्षको तुलनामा ३ अर्ब २८ करोडले घट्यो
-
२०२७ को एसेज शृङ्खलाका कुनै पनि टेस्ट उत्तरी इङ्गल्यान्डमा नहुने
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण