इरानको युरेनियम संवर्धनमा भएको वृद्धिप्रति चिन्ता व्यक्त
शनिबार, २२ मङ्सिर २०८१, १३ : ३४

तेहरान । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का प्रमुख राफेल ग्रोसीले इरानले अत्यधिक मात्रामा युरेनियम प्रशोधन गर्ने निर्णय ‘गम्भीर चिन्ताको विषय’ भएको बताएका छन्।
ग्रोसीले बीबीसीसँग भने, ‘इरानले आफ्नो युरेनियम संवर्धनलाई ६० प्रतिशतमा पुर्याइरहेको छ। यो आणविक हतियार बनाउने स्तरमा युरेनियम प्रवर्द्धन गर्ने भन्दा मात्रै थोरैले काम हो।’
युरेनियम संवर्धन बढाउने निर्णयलाई हालैका महिनाहरूमा सिरिया, लेबनान र गाजामा इरानको सैन्य र कूटनीतिक असफलताको प्रतिक्रियाको रूपमा हेरिएको छ। राफेल ग्रोसीले भने, ‘इरानका केही नेताहरूले आणविक हतियार बनाउने कुरा गरिरहेको लुकेको कुरा होइन ।’
यद्यपि, आईएईए प्रमुखले हालैका दिनहरूमा इरानी नेतृत्वसँग कुरा गरेको र उनीहरूले ‘यो विकल्प रोज्नेछन्’ भन्ने आफूलाई नलागेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेट गालामा शाहरुख खानको डेब्यू
-
मनलाग्दी ऋण लिन सरकारलाई आयोगको ‘लुपहोल’
-
रतुवामाई नगरपालिकाविरुद्ध उच्च अदालत विराटनगरको अन्तरिम आदेश
-
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
-
आईपीएल क्रिकेट : वर्षा बाधक बन्दा हैदराबादको प्लेअफ सम्भावना समाप्त
-
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि धमाधम रुख कटान