दोस्रो इलाम गोल्डकप सुरू, सङ्कटालाई ‘ट्राइबेकर’ मा हराउँदै आयोजक विजयी
मङ्गलबारे । इलाम गोल्डकपको दोस्रो संस्करणको उद्घाटन खेलमा सङ्कटा क्लब काठमाडौँलाई हराउँदै आयोजक रेडहर्स फुटबल क्लब दोस्रो चरणमा पुगेको छ । खेलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि ट्राइबेकरबाट नतिजा निकालिएको हो । ट्राइबेकरमा चार तीन गोल अन्तरले आयोजक रेडहर्स फुटबल क्लब विजयी भएको छ ।
खेलको ‘म्यान अफ दी म्याच’ आयोजक रेडहर्सका गोलकिपर विवेक मगर भए । शनिबारदेखि खेल सुरू भएको हो । आइतबार दार्जिलिङ र एनआरटीबीच दिउँसो २ बजेदेखि प्रतिस्पर्धा हुने आयोजक संस्थाले जनाएको छ । ‘ए डीभिजन’ सहित आठ टोली सहभागी प्रतियोगिता मङ्सिर २९ गतेसम्म सञ्चालन हुने भएको छ ।
इलाम गोल्डकपको दोस्रो संस्करणमा पुरस्कार राशि बढाएर दोब्बर बनाइएको बताइएको छ । विजेताले नगद रू १० लाख पाउनेछ । उपविजेताले रू पाँच लाख पाउने आयोजक समितिका अध्यक्ष साङ्गे यल्मुले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एकीकृत समाजवादी लुम्बिनीको अधिवेशन फागुन २१ गते हुने
-
१० बजे १० समाचार : कविता बहसदेखि महिला विश्वकपमा नेपालको डेब्यूसम्म
-
६ महिनामा ३ लाख ९३ हजारले लिए श्रम स्वीकृति
-
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री थापामाथि हातपात
-
ट्रकको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको शव उठाउने सहमति
-
जटिल अवस्थामा रहेकी सुत्केरीको सफल शल्यक्रिया