दोस्रो इलाम गोल्डकप सुरू, सङ्कटालाई ‘ट्राइबेकर’ मा हराउँदै आयोजक विजयी
मङ्गलबारे । इलाम गोल्डकपको दोस्रो संस्करणको उद्घाटन खेलमा सङ्कटा क्लब काठमाडौँलाई हराउँदै आयोजक रेडहर्स फुटबल क्लब दोस्रो चरणमा पुगेको छ । खेलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि ट्राइबेकरबाट नतिजा निकालिएको हो । ट्राइबेकरमा चार तीन गोल अन्तरले आयोजक रेडहर्स फुटबल क्लब विजयी भएको छ ।
खेलको ‘म्यान अफ दी म्याच’ आयोजक रेडहर्सका गोलकिपर विवेक मगर भए । शनिबारदेखि खेल सुरू भएको हो । आइतबार दार्जिलिङ र एनआरटीबीच दिउँसो २ बजेदेखि प्रतिस्पर्धा हुने आयोजक संस्थाले जनाएको छ । ‘ए डीभिजन’ सहित आठ टोली सहभागी प्रतियोगिता मङ्सिर २९ गतेसम्म सञ्चालन हुने भएको छ ।
इलाम गोल्डकपको दोस्रो संस्करणमा पुरस्कार राशि बढाएर दोब्बर बनाइएको बताइएको छ । विजेताले नगद रू १० लाख पाउनेछ । उपविजेताले रू पाँच लाख पाउने आयोजक समितिका अध्यक्ष साङ्गे यल्मुले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण