रविको जीवन रक्षाको माग गर्दै रास्वपाले मानवअधिकार आयोगमा दियो निवेदन
आइतबार, २३ मङ्सिर २०८१, १२ : ४१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोधपूर्ण व्यवहार गर्नुका साथै उनको व्यक्तिगत मानवअधिकार हनन् गरेको भन्दै मानवअधिकार आयोगमा निवेदन दिएको छ ।
पार्टीले निवेदनमार्फत लामिछानेको जीउ ज्यानको सुरक्षा तथा मानवअधिकारको रक्षा गरी न्याय प्रदान गर्न मानवअधिकार आयोगको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी व्यक्ति तथा सङ्घ–संस्था समक्ष अपिल गरेको हो ।
पार्टी कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले दिएको उजुरीमा प्रहरीले अनुसन्धानका लागि भनी लामिछानेलाई लगेको दिनदेखि विभिन्न किसिमले मानसिक यातना दिनुका साथै मानवअधिकार समेत हनन् गरेकाले राज्य संयन्त्रबाट अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएकोतर्फ ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण