नेपाल अटोमोबाइल्स एसोसिएसनलाई एफआईएमको अवार्ड
काठमाडौँ । नेपालको मोटरस्पोर्ट्सको नियामक निकाय नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल)ले अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ (एफआईएम)को प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । स्पेनको मालोरकामा सम्पन्न महासंघको १ सय २० औँ स्थापना दिवस र वार्षिक साधारण सभाको अवार्ड कार्यक्रममा वुमन इन् मोटरिङ थिमलाई सो अवार्ड प्रदान गरिएको हो ।
सन् २०२४ का सम्पूर्ण अन्तर्राष्ट्रिय ईभेन्टका विजयीलाई एफआईएमले साधारण सभाको सन्दर्भमा अवार्ड वितरण गर्ने गर्दछ । जहाँ वुमन इन् मोटरिङ इन् नेपालका लागि एफआईएम वुमन अवार्ड सहित मोबिलिटी र पब्लिक पोलिसी, फ्युचर ईन मोटरसाईक्लिङ, वातावरण र दिगोपन जस्ता चार वटा अवार्ड समेत वितरण गरिएको छ ।
फेडेरेसनको सो अवार्ड कार्यक्रममा एक सय बढी देश र एक हजार भन्दा बढीको सहभागिता रहेको थियो । नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईलाई एफआईएम वुमन इन् मोटोसाईक्लिङकी प्रमुख लातभियाकी यनिका यूले अवार्ड प्रदान गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति आवश्यकताको आधारमा कांग्रेस–एमाले नेतृत्वको सकरकार बनेको हो : उपप्रधानमन्त्री सिंह
-
उपेन्द्र यादव सत्ता पक्ष कि विपक्षमा ?
-
टाइगर कप भोलिदेखि, उद्घाटनमा एपिएफ र ट्राभल इन्क्वारीबिच प्रतिस्पर्धा
-
‘फेरि रेशम फिलिली’मा सिक्वेल गीत ‘पारी त्यो डाँडामा’
-
कर्णालीका नागरिकले केही गर्न सक्दैनन् भन्ने सोच बदल्नुपर्छ : भूपेन्द्रजंग शाही
-
रवि लामिछानेको थुनछेक बहस सकिएन, आइतबार ८ वकिलले बहस गर्ने