नेपाल अटोमोबाइल्स एसोसिएसनलाई एफआईएमको अवार्ड
काठमाडौँ । नेपालको मोटरस्पोर्ट्सको नियामक निकाय नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल)ले अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ (एफआईएम)को प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । स्पेनको मालोरकामा सम्पन्न महासंघको १ सय २० औँ स्थापना दिवस र वार्षिक साधारण सभाको अवार्ड कार्यक्रममा वुमन इन् मोटरिङ थिमलाई सो अवार्ड प्रदान गरिएको हो ।
सन् २०२४ का सम्पूर्ण अन्तर्राष्ट्रिय ईभेन्टका विजयीलाई एफआईएमले साधारण सभाको सन्दर्भमा अवार्ड वितरण गर्ने गर्दछ । जहाँ वुमन इन् मोटरिङ इन् नेपालका लागि एफआईएम वुमन अवार्ड सहित मोबिलिटी र पब्लिक पोलिसी, फ्युचर ईन मोटरसाईक्लिङ, वातावरण र दिगोपन जस्ता चार वटा अवार्ड समेत वितरण गरिएको छ ।
फेडेरेसनको सो अवार्ड कार्यक्रममा एक सय बढी देश र एक हजार भन्दा बढीको सहभागिता रहेको थियो । नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईलाई एफआईएम वुमन इन् मोटोसाईक्लिङकी प्रमुख लातभियाकी यनिका यूले अवार्ड प्रदान गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण