सहकारी ठगी प्रकरण
रवि लामिछानेलाई एयरपोर्ट पुर्याइयो
सोमबार, २४ मङ्सिर २०८१, ११ : ३१
पोखरा । रास्वपाका सभापति रवि लामिछानेलाई पोखरा विमानस्थल पुर्याइएको छ। उनलाई पर्सा लैजाने प्रयोजनका लागि प्रहरीले विमानस्थल लगेको हो ।
प्रहरी स्रोतका अनुसार उनलाई काठमाडौँ ल्याएर काठमाडौँबाट फेरि सिमरा हुँदै पर्सा लैजाने तयारी छ । सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले त्यहाँ बयानका लागि लैजान लागेको हो ।
लामिछाने सहकारी ठगीमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण