सहकारी ठगी प्रकरण
रवि लामिछाने काठमाडौँ विमानस्थलमा अवतरण, साढे २ को उडानमार्फत सिमरा लगिने
सोमबार, २४ मङ्सिर २०८१, १२ : ५७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौँ विमानस्थलमा ल्याइएको छ ।
काठमाडौँ विमानस्थलबाट उनलाई फेरि आजै बयानका लागि पर्सा पठाउन लागिएको छ । जसअनुसार उनलाई साढे २ बजेको उडानमार्फत सिमरा पठाइने छ भने त्यहाँबाट स्थलमार्ग हुँदै पर्सा पठाइने मधेस प्रदेशका डीआईजी लालमणि आचार्यले जानकारी दिए ।
सहकारी ठगी प्रकरणमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण