दक्षिण कोरियामा राष्ट्रपतिको यात्रामा प्रतिबन्ध
सोमबार, २४ मङ्सिर २०८१, १४ : ०२
सोल । दक्षिण कोरियाका राष्ट्रपति यून सुक–येओलको यात्रामा प्रतिबन्ध लागेको छ । भ्रष्टाचार मुद्दा विभागका मुख्य अभियोजनकर्ताले येओलमाथि यात्रामा रोक लगाउन आदेश दिएका छन् ।
गएको हप्ता मार्सल ल लगाएको मामिलामा यतिबेला येओलमाथि छानबिन भइरहेको हो । योओल प्रशासनको कयौं वरिष्ठ अधिकारीमाथि पनि यात्रामा रोक लगाइएको छ ।
मंगलबार अबेर रात मार्सल लको प्रयास असफल भएयता हजारौँ दक्षिण कोरियालीहरू सडकमा विरोध प्रदर्शनमा उत्रिएर योओलको राजीनामा वा महाभियोगको माग गरिरहेका छन् ।
शनिबार योओलमाथि महाभियोग लगाउने प्रयास असफल भएको थियो । सत्तारुढ दलले आफ्ना नेता तथा प्रधानमन्त्रीलाई योओलको शक्ति हस्तान्तरण गर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण