बेरुजु फर्स्यौट समितिका अध्यक्ष मैनालीले सम्हाले पदभार
सोमबार, २४ मङ्सिर २०८१, १६ : ०८
काठमाडौँ । बेरुजु फर्स्यौट समितिका अध्यक्ष अच्युत मैनालीले पदभार सम्हालेका छन् ।
सोमबार सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल, सांसद योगेश भट्टराई र सिराज फारुकीको विशेष उपस्थितिमा विधिवत रूपमा उनले अध्यक्षको कार्यभार सम्हालेका हुन् ।
पदभार ग्रहण गर्दै उनले राजपत्रमा प्रकाशित कार्यक्षेत्रलाई विद्यमान कानुन र आवश्यताअनुसार कार्यविधि बनाएर अगाडि बढाइने जानकारी दिए ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी ऐन २०७६ को दफा ४२ (१) अनुसार सार्वजनिक लेखा समितिको सर्वसम्मत निर्णय तथा मन्त्रीपरिषद्को निर्णय समेतका आधारमा उनी अध्यक्षमा नियुक्त भएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण