बेरुजु फर्स्यौट समितिका अध्यक्ष मैनालीले सम्हाले पदभार
सोमबार, २४ मङ्सिर २०८१, १६ : ०८

काठमाडौँ । बेरुजु फर्स्यौट समितिका अध्यक्ष अच्युत मैनालीले पदभार सम्हालेका छन् ।
सोमबार सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल, सांसद योगेश भट्टराई र सिराज फारुकीको विशेष उपस्थितिमा विधिवत रूपमा उनले अध्यक्षको कार्यभार सम्हालेका हुन् ।
पदभार ग्रहण गर्दै उनले राजपत्रमा प्रकाशित कार्यक्षेत्रलाई विद्यमान कानुन र आवश्यताअनुसार कार्यविधि बनाएर अगाडि बढाइने जानकारी दिए ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी ऐन २०७६ को दफा ४२ (१) अनुसार सार्वजनिक लेखा समितिको सर्वसम्मत निर्णय तथा मन्त्रीपरिषद्को निर्णय समेतका आधारमा उनी अध्यक्षमा नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको निर्णय मान्छौँ, पार्टी सभापति रवि नै हुन् : उपसभापति वाग्ले
-
खोटाङ सावा खोलामा बनेको ८ करोडको पुल उद्घाटन
-
गृहमन्त्रीलाई महँगो पर्दै भिजिट भिसाका नाममा मानव तस्करी प्रकरण, राजीनामा दिन दबाब
-
ललितपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु, दुई जना घाइते
-
इजरायली हवाई आक्रमणमा एक डाक्टरका नौ सन्तानको मृत्यु
-
सूर्य नेपाल च्यालेन्ज प्रो-एम : मगरको टिमलाई उपाधि