सुनसरीबाट ६४ किलो गाँजा बरामद
सुनसरी । सुनसरीबाट ६४ किलो गाँजा बरामद भएको छ । सोमबार सशस्त्र प्रहरीले जिल्लाको भोक्राहानरसिँह गाउँपालिका–८ सोनियाहीस्थित सीमा इलाकाबाट करिब ६४ किलोग्राम गाँजा बरामद गरेको हो ।
नेपालबाट भारततर्फ लैजाँदै गरिएको गाँजा सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरी मातहत बोर्डर आउट पोष्ट उल्टीले बरामद गरेको हो । गाँजासहित आएका व्यक्ति भने फरार भएको बताइएको छ । फरार व्यक्तिको खोजी भैरहेको समेत सशस्त्र प्रहरीले जनाएको छ ।
यसअघि सोही गण मातहत बीओपी साहेबगंजले बर्जु गाउँपालिका–६ स्थित चिम्डी बजारबाट करीब ३५ किलोग्राम गाँजासहितको अटो नियन्त्रणमा लिएको थियो । यसगरी शनिबार सोही जिल्लाको हरिनगर गाउँपालिका–७ स्थित सीमा इलाकाबाट भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको करीब २ लाख ५९ हजार १ सय ४ रुपैयाँ बराबरको ३ हजार वटा ट्रमाडोल हाईड्रो क्लोराईट क्याप्सुल पनि सशस्त्र प्रहरीले बरामद गरेको थियो ।
बिहीबार सोही गाउँपालिका–५ सुकसेनास्थित भित्री सडकखण्डबाट करिव ९४ हजार रुपैयाँ बराबरको १ हजार ९८ वटा ट्रमाडोल हाईड्रो क्लोराईट क्याप्सुल समेत बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । त्यस्तै मंसिर १९ गते धरान उपमहानगरपालिका–८ सेउतीखोलास्थित कोशी लोकमार्गबाट विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
सोही उपमहानगरपालिका–१३ अनामटोल बस्ने ४१ बर्षिय रोशन मगर र अमरपथ बस्ने ३७ वर्षीय प्रकाश राईलाई सुरक्षा वेश धरानको चेकप्वाईन्ट टोलीले नियन्त्रणमा लिएको हो । को २५ प ८११ नम्बरको स्कुटरमा सवार उनीहरुलाई शंका लागि जाँच गर्दा ३४ वटा प्रोमेथाजिन, ३५ वटा बुप्रेनोर्फिन, ३५ वटा डाईजेपाम र ३५ वटा फेनिरामीनसहित नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।
नियन्त्रणमा लिइएकाहरुलाई बरामद लागु औषधसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
खान–टुक्का बिना चल्ने सरकार
-
पोल चढेर टेलिकमको तार चोर्दै गर्दा दुई जना पक्राउ
-
विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई विमानस्थलमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण