सहकारी ठगी प्रकरण
रास्वपाका कार्यकर्ताद्वारा पर्सा प्रहरी कार्यालय अगाडि नाराबाजी
सोमबार, २४ मङ्सिर २०८१, १६ : ५५

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि नाराबाजी गरेका छन् । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि ५० दिनभन्दा बढी समय प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई सोमबार पर्सा लगेपछि कार्यकर्ताहरूले नाराबाजी गरेका हुन् ।
कास्की प्रहरीको हिरासतबाट उनलाई प्रहरीले काठमाडौँ विमानस्थल ट्रान्जिट बनाएर सोमबार पर्सातर्फ लगेको हो ।
रविमाथि सहकारी ठगी प्रकरणमा पर्सामा पनि उजुरी परेपछि उनीमाथि पक्राउ पुर्जी जारी भइसकेको छ । यसअघि रविका समर्थकले सिमरा विमानस्थलमा पनि प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालतको फैसला कार्यान्वयन गर्न कर्मचारी संगठनको आग्रह
-
गुजरात जायन्ट्सलाई हराउँदै दोस्रो स्थानमा उक्लियो मुम्बई इन्डियन्स
-
राप्रपाले चाँडै कार्यसम्पादन समिति बैठक राख्नुपर्छ : डा लोहनी
-
समृद्धिको लागि एकताबद्ध हुन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
-
जङ्गली हात्तीको समूहले भत्काइदियो विपन्न परिवारको कच्ची घर
-
'फागुन–७' रैतीबाट जनताको दर्जामा पुर्याएको दिन : प्रधानमन्त्री