गणतन्त्र उत्तम छ, राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्दैनन् : प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गणतन्त्र हरेक किसिमले उत्तम व्यवस्था भएको बताएका छन् । सोमबार ७४ औँ मुक्ति दिवसका अवसरमा रामप्रसाद राई स्मृति प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उपमहासचिव ज्ञवालीले गणतन्त्रमा जनताका अपेक्षाअनुसारका काम हुन नसकेको स्वीकार गर्दै गणतन्त्रको रक्षा गर्नु र अझै सशक्त बनाउनुको विकल्प नरहेको बताए । उनले कतिपय पात्रहरूको कारणले गणतन्त्रमा सही शासन हुन नसकेको पनि बताए । उनले नेपाली राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान नसक्ने इतिहासले पुष्टि गरेको पनि बताए ।
उनले भने, ‘कतिपय पात्रहरूको कारणले जस्तो शासन व्यवस्था हुनुपर्दथ्यो, त्यो हुन नसकेको होला । जनताका अपेक्षाअनुसारका काम हुन नसकेका होलान् तर वास्तवमा गणतन्त्र हरेक किसिमले उत्तम व्यवस्था हो र यसलाई सफल बनाउनु, रक्षा गर्नु हामी सबैको कर्तव्य हो ।’
उपमहासचिव ज्ञवालीले क्रान्तिको लाभ जनताले पाउने सुनिश्चिततासहित सरकारका काम कारबाही अघि बढाउन जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा २० वर्षीय प्रसन नेपालविरुद्ध विश्वव्यापी बाल यौन शोषण नेटवर्क चलाएको अभियोग
-
प्रिसा साह मृत्यु प्रकरण : ओडिसा सरकारले भन्यो- घटनाको छानबिन सुरु भइसक्यो
-
प्रिसा साह मृत्यु प्रकरण : परराष्ट्र मन्त्रालयले थाल्यो छानबिनका लागि कूटनीतिक पहल
-
नवनियुक्त राज्यमन्त्रीको शपथ ग्रहण आज
-
सरकारको नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य