आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

सामाजिक सञ्जालमा आइफोनको विज्ञापन राखेर ठग्ने ३ जना पक्राउ

सोमबार, २४ मङ्सिर २०८१, १८ : ३६
सोमबार, २४ मङ्सिर २०८१

काठमाडौँ । सामाजिक सञ्जाल (फेसबुक)मा सस्तोमा आइफोन विक्रीमा रहेको भनेर झुटो विज्ञापन राखेर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा घर भएका २१ वर्षीय अजित भण्डारी, गोरखाका १९ वर्षीय विपिन मग्राति र नुवाकोट घर भएकी २१ वर्षीया मधु तामाङ छन् । 

फेसबुकमा विज्ञापन गरेर उनीहरुले क्युआरमा एडभान्स बापत रकम पठाउन लगाएर आइफोन डेलिभरी नगरीकन सम्पर्कविहीन हुने गरेका थिए । उनीहरूलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप