ध्वनि प्रदूषण गराउने ५२ वटा मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ध्वनि प्रदूषण गराउने ५२ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । मंसिर १९ गतेदेखि ट्राफिक प्रहरीले गरेको चेकजाँचका क्रममा सोमबारसम्म ५२ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
सोमबार मात्रै ध्वनि प्रदूषण गराउने १२ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ । योसँगै अभियान सुरु भएदेखि अहिलेसम्म ५२ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक संजय बहादुर राउतले जानकारी दिए ।
साइलेन्सरमा प्वाल पार्ने, साइलेन्सर निकाल्ने, साइलेन्सर परिवर्तन गर्ने, डिभि किलर झिकेर ठुलो आवाज निकाल्ने जस्ता मोटरसाइकललाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक राउतले बताए ।
नियन्त्रणमा लिएका मोटरसाइकललाई वातावरण विभागद्वारा परीक्षण गराइ स्वरूप परिवर्तन गरेकालाई आवश्यक कारवाहीका लागि यातायात व्यवस्था कार्यालय सतुङ्गल पठाइने र अन्यलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम ट्राफिक जरिवाना गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प
-
उखुमा अनुदान कटौतीले मारमा किसान, चिनी उद्योग के होला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन