ध्वनि प्रदूषण गराउने ५२ वटा मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ध्वनि प्रदूषण गराउने ५२ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । मंसिर १९ गतेदेखि ट्राफिक प्रहरीले गरेको चेकजाँचका क्रममा सोमबारसम्म ५२ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
सोमबार मात्रै ध्वनि प्रदूषण गराउने १२ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ । योसँगै अभियान सुरु भएदेखि अहिलेसम्म ५२ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक संजय बहादुर राउतले जानकारी दिए ।
साइलेन्सरमा प्वाल पार्ने, साइलेन्सर निकाल्ने, साइलेन्सर परिवर्तन गर्ने, डिभि किलर झिकेर ठुलो आवाज निकाल्ने जस्ता मोटरसाइकललाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक राउतले बताए ।
नियन्त्रणमा लिएका मोटरसाइकललाई वातावरण विभागद्वारा परीक्षण गराइ स्वरूप परिवर्तन गरेकालाई आवश्यक कारवाहीका लागि यातायात व्यवस्था कार्यालय सतुङ्गल पठाइने र अन्यलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम ट्राफिक जरिवाना गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण