पूर्वगृहमन्त्री लामिछानेसँग पर्सा प्रहरीले लियो मौखिक बयान
![पूर्वगृहमन्त्री लामिछानेसँग पर्सा प्रहरीले लियो मौखिक बयान](https://npcdn.ratopati.com/media/news/rabi-lamichhane_wCzuFoARTB.jpg)
वीरगन्ज । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग पर्सा प्रहरीले मौखिक बयान लिएको छ ।
सहकारी रकम हिनामिनाबारे अनुसन्धानका क्रममा लामिछानेलाई सोमबार पोखराबाट काठमाडौँ हुँदै वीरगन्ज ल्याइएको हो । प्रहरीले लामिछानेसँग सोमबार सामान्य सोधपुछमात्र गरेको बताइएको छ ।
लामिछानेको औपचारिक बयान मंगलबार लिइने प्रहरीले जनाएको छ । जिल्ला सरकारी वकिलको कार्यालयसँग समन्वय गरी मंगलबार औपचारिक बयान लिइने पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए ।
लामिछानेलाई जिल्ला प्रहरी कार्यालयकै भीआईपी बस्ने कोठामा सुत्ने व्यवस्था गरिएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार उनलाई प्रहरी अधिकारीहरू आएको बेला बस्ने भीआईपी कोठा उपलब्ध गराइएको हो ।
पर्सा प्रहरी प्रमुख ढुंगेलले भने लामिछानेलाई भीआईपी सुविधा उपलब्ध नगराइएको बताएका छन् ।
वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन मुद्दामा सभापति लामिछानेको समेत संलग्नता देखिएपछि पर्सा प्रहरीले जिल्ला अदालतबाट लामिछानेविरुद्ध पक्राउ पुर्जीको माग गरेको थियो । सोही आधारमा पर्सा जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
कास्की प्रहरीको हिरासतमा रहँदै आएका लामिछानेलाई बयानका लागि पर्सा ल्याइएको हो । बयान सकेर उनलाई कास्की प्रहरीको जिम्मा लगाइने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित
-
नेकपा एकीकृत समाजवादी लुम्बिनीको अधिवेशन फागुन २१ गते हुने
-
१० बजे १० समाचार : कविता बहसदेखि महिला विश्वकपमा नेपालको डेब्यूसम्म
-
६ महिनामा ३ लाख ९३ हजारले लिए श्रम स्वीकृति
-
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री थापामाथि हातपात
-
ट्रकको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको शव उठाउने सहमति