इस्लामिक विद्रोहीको कब्जापछि सिरियामा इजरायलद्वारा लगातार हवाई आक्रमण, निशानामा सैन्य अखडा
काठमाडौं । इस्लामिक विद्रोहीले कब्जा जमाएर राष्ट्रपति बशर अल असदको सत्ता अपदस्त गरेसँगै इजरायलले सिरियामाथि हवाई आक्रमण सुरु गरेको छ । इजरायली युद्धक विमानहरुले सिरियामा १०० बढी ताजा हमला गरेको सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्सले जनाएको छ ।
बेलायतस्थित यस मानवअधिकार संगठनका अनुसार इजरायलले दमास्कस, दारा, लताकिया र हमा शहरका सैन्य स्थललाई निशाना बनाएको छ । इजरायलले रासायनिक हतियार उत्पादनसँग जोडिएको एक अनुसन्धान केन्द्रमाथि समेत आक्रण गरेको आशंका गरिएको छ ।
इजरायलले भने चरमपन्थीहरुको हातमा हतियार जानबाट रोक्नका लागि काम गरिरहेको प्रतिक्रिया दिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो मुलुकको सुरक्षाका लागि यो कारबाही जरुरी रहेको बताएका छन् ।
रुसको शरणमा पुगेका अपदस्त सिरियाली राष्ट्रपति बशर अल असदलाई आफ्नै नागरिकहरुमाथि चरम हिंसा गरेको र बैदी बन्दीलाई नारकीय जीवन जिउन बाध्य पारेकोलगायन संघीन आरोप लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा बायर्न म्युनिखलाई थप सफलता
-
ग्वार्डिवलाको म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो
-
केवलकारको विषयलाई लिएर पाथीभरामा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
-
ला लिगामा एटलेटिकोलाई फेरि धक्का
-
लिभरपुल र आर्सनललाई थप अग्रता, नटिङघमको पोष्टमा बर्नमथको गोल वर्षा
-
अखिल क्रान्तिकारी नतिजा : सुदूरपश्चिममा विजय प्रकाशलाई अग्रता