इस्लामिक विद्रोहीको कब्जापछि सिरियामा इजरायलद्वारा लगातार हवाई आक्रमण, निशानामा सैन्य अखडा
काठमाडौं । इस्लामिक विद्रोहीले कब्जा जमाएर राष्ट्रपति बशर अल असदको सत्ता अपदस्त गरेसँगै इजरायलले सिरियामाथि हवाई आक्रमण सुरु गरेको छ । इजरायली युद्धक विमानहरुले सिरियामा १०० बढी ताजा हमला गरेको सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्सले जनाएको छ ।
बेलायतस्थित यस मानवअधिकार संगठनका अनुसार इजरायलले दमास्कस, दारा, लताकिया र हमा शहरका सैन्य स्थललाई निशाना बनाएको छ । इजरायलले रासायनिक हतियार उत्पादनसँग जोडिएको एक अनुसन्धान केन्द्रमाथि समेत आक्रण गरेको आशंका गरिएको छ ।
इजरायलले भने चरमपन्थीहरुको हातमा हतियार जानबाट रोक्नका लागि काम गरिरहेको प्रतिक्रिया दिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो मुलुकको सुरक्षाका लागि यो कारबाही जरुरी रहेको बताएका छन् ।
रुसको शरणमा पुगेका अपदस्त सिरियाली राष्ट्रपति बशर अल असदलाई आफ्नै नागरिकहरुमाथि चरम हिंसा गरेको र बैदी बन्दीलाई नारकीय जीवन जिउन बाध्य पारेकोलगायन संघीन आरोप लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण