स्ट्यान्डर्ड चार्टर्डमा पहिलोपटक नेपाली कार्यकारी प्रमुख, गोरखशम्शेर राणा सीईओमा नियुक्त
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोरखसम्शेर राणा नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले राणालाई आगामी चार वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो । राणा यसअघि बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत थिए ।
उनी विगत ३१ वर्षदेखि बैंकिङ सेवामा छन् । २०५० सालमा तत्कालिन ग्रिनलेज बैंक (हालको स्ट्यान्डर्ड चार्टर्ड बैंक) मा सहायक स्तरको सेवा सुरु गरेका उनको तीन दशक भन्दा बढी समय सोही बैंकमा बितेको छ ।
त्यसको २ वर्षपछि सहमयक प्रबन्धमा बढुवा भएका उनी कर्पोरेट बैंकिङ, क्रेडिट रिसर्च, कर्पोेरेट एण्ड इन्सिच्युसनल बैंकिङ २०७० मा होलसेल बैंकिङ विभागको प्रमुख, २०३ मा कमर्सियल एण्ड ग्लोबल बैंकिङ विभाग प्रमुख रहेका उनी २०७९ पुसमा डेपुटी प्रमुख कार्यकारी अधिकृत भएका थिए ।
राणाले केही समय अघि मात्रै नेपालले गरेको सार्वभौम क्रेडिट रेटिङमा रेटिङ एजेन्सी फेच रेटिङको सल्लाहकारको भूमिका निर्वाह समेत गरेका थिए । करिब साढे ३ दशकको इतिहासमा अहिलेसम्म स्ट्यान्डर्ड चार्टर्ड बैंकले विदेशी प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्दै आएको थियो । गोरखसम्शेर उक्त बैंकको पहिलो नेपाली प्रमुख कार्यकारी अधिकृतसमेत हुन् ।
उनी राजा वीरेन्द्रमा ज्वाइँ समेत हुन् । वीरेन्द्रकी छोरी श्रुती राज्यलक्ष्मी शाहसँग उनले विवाह गरेका थिए । श्रुतिको भने दरबार हत्याकाण्डका क्रममा ज्यान गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्वालिटी’ ब्रान्डको मुँगको दाल बजारबाट तत्काल फिर्ता गर्न विभागको आदेश
-
पोखरा फोहोर प्रशोधन केन्द्रः जग्गाकै टुंगो छैन, मेयर भन्छन्, निर्माण अन्तिम चरणमा पुगिसक्यो'
-
आईसीसीद्वारा विश्वकपको ढाँचामा ठुलो फेरबदल
-
काजाकिस्तानको अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ को पाँचौँ खण्ड प्रवर्द्धन कार्यक्रम
-
सहयोद्धालाई पत्र : ती दिन अझै बिर्सिएको छैन
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण