मंगलबार पनि घट्यो सेयर बजार
मङ्गलबार, २५ मङ्सिर २०८१, १५ : ११
काठमाडौँ । मंगलबार पनि सेयर बजार (नेप्से) घटेको छ । सोमबार १२.८४ अंकले घटेको बजार मंगलबार ६.३२ अंकले घटेको हो ।
मंगलबार कारोबार रकम पनि घटेको छ । मंगलबार ४ अर्ब ४१ करोड ३३ लाख रुपैयाँको कारोबार भएको हो ।
मंगलबार १४८ कम्पनीको मूल्य घटेको छ । ८५ कम्पनीको मूल्य बढेको छ भने १० कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकमका हिसाबले मंगलबार एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी शीर्ष स्थानमा रह्यो । यसको १८ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
मंगलबार जोशी हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको सेयर मूल्य ७ प्रतिशतले बढ्यो । त्यस्तै बढी कारोबार भएको एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको मूल्य ९.९० प्रतिशतले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
-
ढिला गरी सुरु भएको जय ट्रफी फाइनलमा भुर्तेलको अर्धशतक
-
एपीएफले सजिलै हरायो कर्णालीलाई
-
संविधान संशोधनका लागि मोर्चाबन्दीको कसरतमा मधेसवादी दल
-
चन्द्रागिरिमा युवतीमाथि चक्कु प्रहार : आरोपीको बयान– विदेशबाट पैसा पठाउँथे, अहिले चिन्दिनँ भनिन्
-
कान सफा गर्दा ध्यान दिनुपर्ने कुरा