मंगलबार पनि घट्यो सेयर बजार
मङ्गलबार, २५ मङ्सिर २०८१, १५ : ११
काठमाडौँ । मंगलबार पनि सेयर बजार (नेप्से) घटेको छ । सोमबार १२.८४ अंकले घटेको बजार मंगलबार ६.३२ अंकले घटेको हो ।
मंगलबार कारोबार रकम पनि घटेको छ । मंगलबार ४ अर्ब ४१ करोड ३३ लाख रुपैयाँको कारोबार भएको हो ।
मंगलबार १४८ कम्पनीको मूल्य घटेको छ । ८५ कम्पनीको मूल्य बढेको छ भने १० कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकमका हिसाबले मंगलबार एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी शीर्ष स्थानमा रह्यो । यसको १८ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
मंगलबार जोशी हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको सेयर मूल्य ७ प्रतिशतले बढ्यो । त्यस्तै बढी कारोबार भएको एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको मूल्य ९.९० प्रतिशतले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण