बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

सडक सवारी दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल

मङ्गलबार, २५ मङ्सिर २०८१, १६ : ३०
मङ्गलबार, २५ मङ्सिर २०८१

काठमाडौँ । सडक सवारी दुर्घटना हुनेमा सबैभन्दा बढी मोटरसाइकल रहेको पाइएको छ । फ्रेन्डस अफ स्किलस् रोड क्लब नेपालले आयोजना गरेको एक कार्यक्रममा सडकमा दुर्घटना हुने सवारी साधनमध्ये मोटरसाइकल रहेको जनाइएको हो । 

आर्थिक वर्ष २०८०/८१ को फागुन मसन्तसम्म ५५ लाख २६ हजार १९२ दर्ता भएका सवारी साधन छन् । यीमध्ये सबैभन्दा बढी ८०.९८ प्रतिशत मोटरसाइकल छन् । सडक सवारी दुर्घटनामा मोटरसाइकल पर्ने गरेका छन् । यस्तै, कार, जिप लगायत ६.२० प्रतिशत दर्ता भएका छन् । १२. ८२ प्रतिशत ट्याक्टर, पावरट्रिलर, अटो रिक्सा, ठुला सवारी साधन लगायत रहेको सिभिल इन्जिनियर नेमी भट्टराई बताउँछन् ।

उनका अनुसार ५६.४ प्रतिशत मोटरसाइकल दुर्घटनामा पर्ने गरेका छन् । यस्तै, दोस्रोमा  कार/जिप १९.३ प्रतिशत दुर्घटनामा पर्ने गरेको उनले उल्लेख गरे । यस्तै, बस ६.२ प्रतिशत ट्रक/ट्यांकर ४.२ प्रतिशत, टेम्पो ४.२ प्रतिशत दुर्घटनामा पर्ने गरेको भट्टराईले बताए । यस्तै,  टिप्पर १.३ प्रतिशत, डोजर ०.२ प्रतिशत, माइक्रोबस १.४ प्रतिशत, ट्याक्टर २.२ साइकल, ठेला रिक्सा ४.३ प्रतिशत र अन्यमा ०.३ प्रतिशत दुर्घटना हुने गरेको इन्जिनियर भट्टराईको भनाई छ ।

उनले संघीयता आएयता सवारी साधनको नम्बर प्लेट पनि एकरुपता नरहेको बताए । ‘सवारी साधनको प्रयोग बढ्दो छ, सवारी साधनको क्र्यस पनि बढ्दो नै पाइएको छ,’ उनले भने, ‘वर्षदिनमा औषतमा २४ सय जनाको मृत्यु भएको छ । यसलाई जिरोमा पुर्‍याउने गरी योजना बनाउनका लागि तथ्यांकको आवश्यकता पर्दछ ।’

कार्यक्रममा फ्रेन्डस अफ स्किलस् रोड क्लब नेपाल अधिकारीहरू, यस विषयमा चासो राख्ने व्यक्ति सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप