हिरो मोटोकर्पद्वारा नेपालमा एक्स्ट्रिम सिरिज घोषणा
काठमाडौँ । हिरो मोटोकर्पले नयाँ मोटरसाइकलहरु सार्वजनिक गर्ने घोषणा गरेको छ । हिरो मोटोकर्पले आफ्नो नविनतम उत्पादनहरू एक्स्ट्रिम १२५ र एक्स्ट्रिम १६० नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको हो ।
यी दुबै नयाँ बाइकहरु मङ्सीर २६ मा गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने कार्यक्रम मार्फत सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ । नयाँ बाइकहरुले अटोमोबाइल प्रेमी र उद्योगका सरोकारवालाहरूलाई अविस्मरणिय अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।
सार्वजनिक हुने तयारीमा रहेका नयाँ सिरिजका यी बाइकले नेपाली दुईपाङ्ग्रे बजारमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दावी छ ।
- एक्स्ट्रिम १२५ का मुख्य विशेषताहरू
सिंगल च्यानल एबीएसः
सुरक्षित यात्रा तथा सवारीका लागि उन्नत ब्रेकिङ प्रविधि ।
श्रेणीकै सर्वाधिक तिब्र:
सर्वाधिक गति र तिव्रताको समायोजन सहितको रोमाञ्चक सवारी ।
फराकिलो रियर टायरः
सुरक्षित यात्राका लागि स्थिरता र उत्कृष्ट नियन्त्रण प्रदान गर्न फराकिलो रियर टायरको ब्यवस्था ।
एलईडी हेडलाइट्सः
सुदृढ दृष्य तथा यात्रामा सुरक्षार्थ नवप्रबर्तनात्मक प्रविधि सहितको एलईडी हेडलाइट्को सुविधा ।
ब्लूटूथ कनेक्टिविटी ः
चालकका लागि सुदृढ सहजता, सुरक्षा र मनोरञ्जन सुविधा ।
- एक्स्ट्रिम १६०का मुख्य विशेषताः
श्रेणीकै सर्वाधिक गति क्षमताः
तिव्र गतिको चाहना राख्नेका लागि विशेष रूपमा डिजाइन गरिएको यो बाइकमा रोमाञ्चक अनुभूतिका साथै सुरक्षाका लागि आवश्यक संयन्त्रको उचित ब्यवस्था गरिएको छ ।
केवाईबी फ्रन्ट यूएसडी सस्पेन्शनः
प्रभावकारी फ्रन्ट ब्रेकिंग प्रणालीको ब्यवस्थाले आरामदायी, नियन्त्रित र सहज यात्राको सुनिश्चितता प्रदान गर्दछ ।
ब्लूटूथ कनेक्टिविटी:
चालकका लागि सुदृढ सहजता, सुरक्षा र मनोरञ्जन सुविधा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण