माल्टामा प्रदर्शन हुँदै ‘ज्वाइँ साब’
बुधबार, २६ मङ्सिर २०८१, १३ : ५७
काठमाडौँ । फिल्म ‘ज्वाइँ साब’ युरोपेली मुलुक माल्टामा प्रदर्शन हुने भएको छ । फिल्म आगामी २१ डिसेम्बरमा माल्टाको ग्यालेरिया सिनेमा हलमा प्रदर्शन हुन लागेको निर्देशक वसन्त निरौलाले बताए ।
जितु नेपालको मुख्य भूमिका रहेको फिल्म नेपालमा गत दसैँमा रिलिज भएको थियो । फिल्मको माल्टा प्रदर्शन व्यवस्थापन मग्वार्ट प्रडक्सनले गरेको हो । प्रडक्सनका संयोजक गणेश लामिछानेले फिल्मका लागि तीन टिकट लिनेलाई एक फ्रि समेत गरेको जानकारी दिए ।
नेपाली भाषा, नेपाली संस्कृति र नेपाली चलचित्रलाई माया र प्रवर्द्धन गरौँ’ भन्ने उद्देश्यका साथ स्थापना भएको मग्वार्ट प्रडक्सनले माल्टामा विभिन्न नेपाली फिल्म प्रदर्शन गर्दै आएको छ ।
वसन्त निरौला निर्देशित फिल्ममा जितुका अलवा नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण