माल्टामा प्रदर्शन हुँदै ‘ज्वाइँ साब’
बुधबार, २६ मङ्सिर २०८१, १३ : ५७

काठमाडौँ । फिल्म ‘ज्वाइँ साब’ युरोपेली मुलुक माल्टामा प्रदर्शन हुने भएको छ । फिल्म आगामी २१ डिसेम्बरमा माल्टाको ग्यालेरिया सिनेमा हलमा प्रदर्शन हुन लागेको निर्देशक वसन्त निरौलाले बताए ।
जितु नेपालको मुख्य भूमिका रहेको फिल्म नेपालमा गत दसैँमा रिलिज भएको थियो । फिल्मको माल्टा प्रदर्शन व्यवस्थापन मग्वार्ट प्रडक्सनले गरेको हो । प्रडक्सनका संयोजक गणेश लामिछानेले फिल्मका लागि तीन टिकट लिनेलाई एक फ्रि समेत गरेको जानकारी दिए ।
नेपाली भाषा, नेपाली संस्कृति र नेपाली चलचित्रलाई माया र प्रवर्द्धन गरौँ’ भन्ने उद्देश्यका साथ स्थापना भएको मग्वार्ट प्रडक्सनले माल्टामा विभिन्न नेपाली फिल्म प्रदर्शन गर्दै आएको छ ।
वसन्त निरौला निर्देशित फिल्ममा जितुका अलवा नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला