विभिन्न कार्यक्रमसहित महानगर दिवस मनाइने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न कार्यक्रम गर्दै ३० औँ महानगर दिवस मनाउने भएको छ ।
महानगरले बुधबार पत्रकार सम्मेलन गर्दै मेयर बालेन शाहको संयोजकत्वमा महानगर दिवस मूल समारोह समिति गठन गरिएको जानकारी दिएको छ । २०५२ पछि मंसिर २९ गते महानगर दिवस मनाइने गरिएको छ ।
दिवसका अवसरमा महानगरले विद्यालयस्तरीय हाजिरजवाफ प्रतियोगिता र शिक्षकस्तरीय कविता वाचन गरिरहेको छ । त्यस्तै मंसिर २७ गते मेयरको नेतृत्वमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा कर्मचारीसँग मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
त्यसैगरी मंसिर २८ गते सम्पदा तथा पर्यटन विभागले परम्परागत बाजा तथा गुठीखलका गुरुको सम्मान, शिक्षा विभागबाट आयोजना गरिएका प्रतियोगिहरुलाई त्यसै दिन पुरस्कार वितरण तथा मंसिर २९ गते औपचारिक समारोह आयोजना गरिने छ । उक्त दिन महानगरका सबै वडाको प्रतिनिधित्व हुनेगरी फुड फेस्टिवलको आयोजना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
-
विश्वकपमा तेस्रो स्थानको भिडन्तः थोमस टुचेललाई किन छ अर्थपूर्ण ?
-
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेशमा अब ई–टिकेटिङ
-
पेरुमा जन्मिए ‘बेबी हल्यान्ड’ : विश्वकपका स्टार खेलाडीको नाममा बच्चाको नाम राख्ने लहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण