एनपीएलमा सोचेअनुरूप खेल्न सकेनौँ : कप्तान रोहित

काठमाडौँ । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले पाँचौँ हारसँगै प्लेअफ होडबाट बाहिरिएपछि समग्रमा नेपाल प्रिमियर लिग (एनपीएल)को यात्रामा लक्ष्यअनुरूपमा खेल्न नसकेको बताएका छन् ।
काठमाडौँ गुर्खाजसँगको हारपछि भएको पत्रकार सम्मेलनमा लुम्बिनीका कप्तान रोहितले आफ्नो क्षमताअनुरूप टोलीले नै खेल्ने नसकेको बताएका हुन् । सुरुका खेलमा बलिङमा चुकेको र पछिका ब्याटिङमा राम्रो हुन नसक्दा खराब नतिजा सामना गरेको उनको बुझाइ छ । उनले समग्रमा लुम्बिनीको लागि पहिलो संस्करण राम्रो नभएको उल्लेख गरे ।
साथै रोहितले काठमाडौँले दिएको लक्ष्य भेट्टाउन सकिने खालको रहेको बताए । तर आफ्नो टोलीले राम्रो ब्याटिङ गर्न नसकेको उनको भनाइ छ । रोहितले एउटै मैदानमा धेरै खेलिरहँदा विकेट स्लो भएपनि आफ्ना ब्याटरले योजनाअनुरूप खेल्न नसकेको उल्लेख गरे ।
काठमाडौँका स्पिनरले पनि धेरै राम्रो बलिङ गरेको उनी बताउँछन् । उनले आगामी सिजनबारे अहिले नै नसोचेको बताए । विकेट सोचेअनुरूपमा नभएकाले धैर्यतापूर्वक खेल्नुपर्ने उनको धारणा छ ।
काठमाडौँका लागि किफायती बलिङसँगै विकेट लिएका दीपेश कँडेलले जित्नैपर्ने खेलमा सबैले इफोर्ट लगाउँदा जित सम्भव भएको बताए । सामान्य लक्ष्य दिएपनि यो रक्षा गर्न सकिन्छ भन्ने काठमाडौँले विश्वास लिएको दीपेशले उल्लेख गरेका छन् । सन्दीप जोरा क्रिजमा रहँदा विकेटभन्दा पनि डट बल फ्याक्ने लक्ष्य रहेको उनको भनाइ छ । उनले आफ्नो लक्ष्य पनि सकेसम्म डट बल फ्याँक्ने रहेको बताए । आगामी हरेक खेलमा ध्यान दिएर जित निकाल्ने लक्ष्य रहेको उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशिष्ट उपचार सेवा सातै प्रदेशमा, बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास
-
ला लिगामा ३४ औं चरणका खेल सुरु, बार्सिलोना उपाधि नजिक
-
प्रिमियर लिग : पेप ग्वार्डिवलाको म्यान्सिटी तेस्रो स्थानमा
-
चीन-भारत जोड्ने कालीगण्डकी कोरिडोर छेउको रूपसे झरनामा धमाधम पर्यटकीय पूर्वाधार निर्माण
-
फेरि उकालो लाग्दै अमेरिकी डलर, कति छ अन्य विदेशी मुद्राको मूल्य ?
-
अबुधावीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा