बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

डुवानाको राष्ट्रिय कीर्तिमान

बुधबार, २६ मङ्सिर २०८१, २० : ०१
बुधबार, २६ मङ्सिर २०८१

काठमाडौँ । नेपाली पौडीवाज डुवाना लामाले विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

हंगेरीको बुढापेस्टमा जारी प्रतियोगितामा डुवानाले महिला १ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट १३.५० सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमानमा सुधार गरेको नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले जनाएका छन् ।

डुवानाको नाममा १ मिनेट १६.४५ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । उक्त कीर्तिमान डुवानाले थाइल्यान्डमा भएको उमेर समूहको प्रतियोगितामा बनाएको पौडी संघका सचिव गंगालाल गोलेले जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप