एक लाख १९ हजारले निमाविको लाइसेन्स परीक्षा दिँदा ११ हजार पास
काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि)को अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत मंसिर १५ गते सञ्चालन भएको लाइसेन्सको लिखित परीक्षामा सातै प्रदेशबाट एक लाख १९ हजार ६९९ जनाले परीक्षा दिएका थिए । जसमा १० हजार ९७४ जना मात्रै पास भएका छन् । जुन ९.१७ प्रतिशत हुन आउँछ ।
आयोगले सार्वजनिक गरेको नतिजा अनुसार कोशी प्रदेशबाट १८ हजार ६६२ परीक्षार्थीले परीक्षा दिएकोमा दुई हजार ८२ जना उत्तीर्ण भएका छन् । जुन ११.१६ प्रतिशत हुन आउँछ । त्यस्तै मधेस प्रदेशबाट १९ हजार ३० जनाले परीक्षा दिएकोमा एक हजार ४२१ पास भएका छन् । जुन ७.४७ प्रतिशत हुन आउँछ ।
बागमती प्रदेशबाट १४ हजार ३ जनाले परीक्षा दिएकोमा एक हजार ६८३ पास भएका छन् । जुन १२.०२ प्रतिशत हुन आउँछ ।
त्यस्तै गण्डकी प्रदेशबाट आठ हजार २२९ जनाले परीक्षा दिँदा ९२७ जना पास भएका छन् । जुन ११.२७ प्रतिशत हुन आउँछ ।
लुम्बिनी प्रदेशबाट २२ हजार ७९२ जनाले परीक्षा दिएकोमा दुई हजार ३१३ पास भएका छन् । जुन १०.१५ प्रतिशत हुन आउँछ ।
कर्णाली प्रदेशबाट २० हजार ४९८ जनाले परीक्षा दिएकोमा एक हजार ४४९ पास भएका छन् । जुन ७.०७ प्रतिशत हुन आउँछ । त्यस्तै सुदूरपश्चिम प्रदेशबाट १६ हजार ४८५ जनाले परीक्षा दिएकोमा एक हजार ९९ जना पास भएका छन् । जुन ६.६७ प्रतिशत हुन आउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय अयनोत्सव दिवस आजः सांस्कृतिक सम्पदा र शताब्दीयौँ पुराना परम्पराको एकताको प्रतीक
-
इक्वेडर र कुरासाओबिचको खेल पहिलो हाफमा गोलरहित बराबरी
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति र वरिष्ठ नेताले उद्घाटन गर्ने
-
कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
-
पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया
-
आज अन्तर्राष्ट्रिय योग दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण