एक लाख १९ हजारले निमाविको लाइसेन्स परीक्षा दिँदा ११ हजार पास

काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि)को अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत मंसिर १५ गते सञ्चालन भएको लाइसेन्सको लिखित परीक्षामा सातै प्रदेशबाट एक लाख १९ हजार ६९९ जनाले परीक्षा दिएका थिए । जसमा १० हजार ९७४ जना मात्रै पास भएका छन् । जुन ९.१७ प्रतिशत हुन आउँछ ।
आयोगले सार्वजनिक गरेको नतिजा अनुसार कोशी प्रदेशबाट १८ हजार ६६२ परीक्षार्थीले परीक्षा दिएकोमा दुई हजार ८२ जना उत्तीर्ण भएका छन् । जुन ११.१६ प्रतिशत हुन आउँछ । त्यस्तै मधेस प्रदेशबाट १९ हजार ३० जनाले परीक्षा दिएकोमा एक हजार ४२१ पास भएका छन् । जुन ७.४७ प्रतिशत हुन आउँछ ।
बागमती प्रदेशबाट १४ हजार ३ जनाले परीक्षा दिएकोमा एक हजार ६८३ पास भएका छन् । जुन १२.०२ प्रतिशत हुन आउँछ ।
त्यस्तै गण्डकी प्रदेशबाट आठ हजार २२९ जनाले परीक्षा दिँदा ९२७ जना पास भएका छन् । जुन ११.२७ प्रतिशत हुन आउँछ ।
लुम्बिनी प्रदेशबाट २२ हजार ७९२ जनाले परीक्षा दिएकोमा दुई हजार ३१३ पास भएका छन् । जुन १०.१५ प्रतिशत हुन आउँछ ।
कर्णाली प्रदेशबाट २० हजार ४९८ जनाले परीक्षा दिएकोमा एक हजार ४४९ पास भएका छन् । जुन ७.०७ प्रतिशत हुन आउँछ । त्यस्तै सुदूरपश्चिम प्रदेशबाट १६ हजार ४८५ जनाले परीक्षा दिएकोमा एक हजार ९९ जना पास भएका छन् । जुन ६.६७ प्रतिशत हुन आउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान कायमै
-
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन
-
अनुसन्धानमा तानिएका डा.वैकुण्ठ अर्यालसहित २३ जनालाई चलाइएन मुद्दा
-
लिभ–इनमा बसेकी प्रेमिका गर्भवती भएपछि हत्या, नेपाली नागरिक पक्राउ
-
काठमाडौँ विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिँदै
-
प्रतिनिधिसभा बैठक ३ : १५ बजे बस्ने गरी सूचना टाँसेर स्थगित