युवराजको ‘बागलुङ बुर्तीवाङमा’मा शिवान र अस्मिताको अभिनय
बिहीबार, २७ मङ्सिर २०८१, ०९ : २५
काठमाडौँ । गायक युवराज छन्त्यालको पञ्चेबाजा गीत ‘बागलुङ बुर्तीवाङ्गमा’ सार्वजनिक भएको छ । शब्द समेत गायक छन्त्यालकै रहेको गीतमा उनलाई तिर्सना घर्ती मगरले स्वरमा साथ दिएकी छिन । गीतमा सूर्य खड्काको लय, कुमार थापाको एरेन्ज छ ।
शिवान पोखरेलको निर्देशन रहेको भिडियोमा शिबान पोखरेल, अस्मिता राना, सारिका केसी, निर्मल क्षेत्री, उषा सुवेदी, गृवान बानिया, कुल बहादुर ओली, भीम केसी लगायतको अभिनय छ ।
छाँयाकन तथा सम्पादन ओम प्रसाईँको रहेको भिडियो गायक युवराज छन्त्यालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।