सहकारी ठगी प्रकरण
रवि लामिछानेलाई थप ९ दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति
बिहीबार, २७ मङ्सिर २०८१, १३ : ५२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ९ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको छ । सम्पत्ति शुद्धिकरण, सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान पुरा गर्न थप ९ दिन हिरासतमा राख्न अनुमति मागेको जिल्ला प्रहरी कार्यालय कास्कीका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
लामिछानेको म्याद थप गर्नेबारे कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासमा बहस भइरहेको छ । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, गुल्मीको मुसिकोट नगरपालिका–४ घर भएकी लिला पछाई, तनहुँका रामबहादुर खनाल र पोखरा घर भएक कृष्ण गुरुङलाई अदालतमा उपस्थित गराइएको छ ।
प्रहरीले उनीहरु विरुद्धको अनुसन्धान प्रतिवेदन शुक्रबार सरकारी वकिललाई बुझाउने तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण