सहकारी ठगी प्रकरण
रवि लामिछानेलाई थप ९ दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति
बिहीबार, २७ मङ्सिर २०८१, १३ : ५२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ९ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको छ । सम्पत्ति शुद्धिकरण, सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान पुरा गर्न थप ९ दिन हिरासतमा राख्न अनुमति मागेको जिल्ला प्रहरी कार्यालय कास्कीका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
लामिछानेको म्याद थप गर्नेबारे कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासमा बहस भइरहेको छ । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, गुल्मीको मुसिकोट नगरपालिका–४ घर भएकी लिला पछाई, तनहुँका रामबहादुर खनाल र पोखरा घर भएक कृष्ण गुरुङलाई अदालतमा उपस्थित गराइएको छ ।
प्रहरीले उनीहरु विरुद्धको अनुसन्धान प्रतिवेदन शुक्रबार सरकारी वकिललाई बुझाउने तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा प्रधानमन्त्रीले खोजे बालेन शाह
-
नार्क सुधार्न बन्यो उच्चस्तरीय समिति, ९० दिनको कार्यदेश
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा
-
दुध किसानलाई डीडीसीले मात्रै ८५ करोड तिर्न बाँकी, निजी डेरीको बक्यौताको छैन तथ्याङ्क
-
गणतन्त्र दिवस मूल समारोह समिति गठन
-
संसद्मा मन्त्री अधिकारीले भने- दुध, कुखुराको मासु र अण्डामा मात्र नेपाल आत्मनिर्भर