नेप्सेको उत्साह टिकेन, बिहीबार ३३.४२ अंकले घट्यो
काठमाडौँ । सेयर बजार (नेप्से) बिहीबार ३३.४२ अंकले घटेको छ ।
बुधबार झण्डै ४६ अंकले बढेको बजारको उत्साह टिक्न नसक्दा साताको अन्तिम दिन बिहीबार ३३.४२ अंकले घटेको हो । योसँगै नेप्से परिसूचक २६८२.२९ अंकमा झरेको छ । बिहीबार बजारमा ६ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
समग्र बजार घट्दा बिहीबार बजारका २०४ कम्पनीको मूल्यमा गिरावट आएको छ । ४० कम्पनीको मूल्य बढ्दा बिहीबार कुनै पनि कम्पनीको मूल्य स्थिर बसेको छैन । बजारमा बिहीबार उत्पादनमूलक र म्युचुअल फण्ड समूहमा सामान्य वृद्धि बाहेक अन्य समूहमा गिरावट आएको छ । सबैभन्दा धेरै गिरावट फाइनान्स समूहमा २.६४ प्रतिशतले भएको छ ।
बिहीबार बजारमा जानकी फाइनान्सको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले घट्दा त्रिशूली जलविद्युत् कम्पनीको सेयर ८.५५ प्रतिशतले बढेको छ । सर्वाधिक घटेको जानकी फाइनान्स बिहीबार कारोबारका आधारमा शीर्ष स्थानमा रह्यो । उक्त कम्पनीको २६ करोड रुपैयाँ बराबरको कारोबार भयो । कारोबार भएका सेयरको संख्यामा जोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण