नेप्सेको उत्साह टिकेन, बिहीबार ३३.४२ अंकले घट्यो
काठमाडौँ । सेयर बजार (नेप्से) बिहीबार ३३.४२ अंकले घटेको छ ।
बुधबार झण्डै ४६ अंकले बढेको बजारको उत्साह टिक्न नसक्दा साताको अन्तिम दिन बिहीबार ३३.४२ अंकले घटेको हो । योसँगै नेप्से परिसूचक २६८२.२९ अंकमा झरेको छ । बिहीबार बजारमा ६ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
समग्र बजार घट्दा बिहीबार बजारका २०४ कम्पनीको मूल्यमा गिरावट आएको छ । ४० कम्पनीको मूल्य बढ्दा बिहीबार कुनै पनि कम्पनीको मूल्य स्थिर बसेको छैन । बजारमा बिहीबार उत्पादनमूलक र म्युचुअल फण्ड समूहमा सामान्य वृद्धि बाहेक अन्य समूहमा गिरावट आएको छ । सबैभन्दा धेरै गिरावट फाइनान्स समूहमा २.६४ प्रतिशतले भएको छ ।
बिहीबार बजारमा जानकी फाइनान्सको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले घट्दा त्रिशूली जलविद्युत् कम्पनीको सेयर ८.५५ प्रतिशतले बढेको छ । सर्वाधिक घटेको जानकी फाइनान्स बिहीबार कारोबारका आधारमा शीर्ष स्थानमा रह्यो । उक्त कम्पनीको २६ करोड रुपैयाँ बराबरको कारोबार भयो । कारोबार भएका सेयरको संख्यामा जोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला निर्वाचित
-
संविधानपछि बन्नुपर्ने कानुनहरू बनाउन ढिलो भयो, समितिहरूमा गुणात्मक उपस्थिति बढाऔँ : महामन्त्री शर्मा
-
यसरी कार्यान्वयन गरिँदै छ १६औँ योजना
-
रुपन्देहीमा रविविरुद्धको मुद्दामा ४ घण्टा बहस, सरकारी वकिलले के–के भने ?
-
६ महिनामा साढे एक करोडभन्दा बढी कण्डम आयात
-
सिरहाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ