फेवा तालको किनारमा कथक नृत्य
बिहीबार, २७ मङ्सिर २०८१, १९ : ४७

पोखरा । नेपालस्थित भारतीय दूतावासले पोखराको रमणीय फेवा तालको किनारमा बिहीबार कथक नृत्य कार्यक्रमको आयोजना गरेकाे छ । आठ सदस्यीय नृत्य टोलीद्वारा प्रस्तुत प्रस्तुतिलाई भारतीय सांस्कृतिक सम्बन्ध परिषद्ले सहयोग गरेको हाे ।
उक्त कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका थिए । कार्यक्रममा प्रदेशका सांसद एवम् वरिष्ठ सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो ।
मेयर आचार्यले नेपाल र भारतबिच लामो समयदेखि सभ्यतागत र सांस्कृतिक सम्बन्ध रहेको र यसले दुवै राष्ट्रका जनतालाई एकताबद्ध गराउने काम गरेको कुरामा जोड दिए । उक्त कार्यक्रममा सबै क्षेत्रका दर्शकहरूको उल्लेख्य रूपमा सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँबिचको विवादले बजेट नै अन्योल
-
सुनमा पाइलैपिच्छे कर
-
सशस्त्र प्रहरीको मोटरसाइकलको ठक्करबाट मृत्यु - न राहत, न क्षतिपूर्ति
-
एक खेल अगावै इंग्ल्याण्डलाई शृङ्खला
-
वीरगञ्ज भन्सार कार्यालय राजस्व सङ्कलन : पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर
-
नेपालमा सरकारी जागिर, भारतबाट पीएचडीको प्रमाणपत्र