फेवा तालको किनारमा कथक नृत्य
बिहीबार, २७ मङ्सिर २०८१, १९ : ४७
पोखरा । नेपालस्थित भारतीय दूतावासले पोखराको रमणीय फेवा तालको किनारमा बिहीबार कथक नृत्य कार्यक्रमको आयोजना गरेकाे छ । आठ सदस्यीय नृत्य टोलीद्वारा प्रस्तुत प्रस्तुतिलाई भारतीय सांस्कृतिक सम्बन्ध परिषद्ले सहयोग गरेको हाे ।
उक्त कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका थिए । कार्यक्रममा प्रदेशका सांसद एवम् वरिष्ठ सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो ।
मेयर आचार्यले नेपाल र भारतबिच लामो समयदेखि सभ्यतागत र सांस्कृतिक सम्बन्ध रहेको र यसले दुवै राष्ट्रका जनतालाई एकताबद्ध गराउने काम गरेको कुरामा जोड दिए । उक्त कार्यक्रममा सबै क्षेत्रका दर्शकहरूको उल्लेख्य रूपमा सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण