‘ग्ल्याम नेपाल इन्टरनेशनल’फेसन शोमा प्रदीप, आँचल र साम्राज्ञी देखिने
काठमाडौँ । प्रदीप खड्का, आँचल शर्मा, साम्राज्ञीराज्य लक्ष्मी शाह, मिरुना मगर, शिल्पा मास्के, सोफिया भुजेल, निमेश कपालीलगायत करिब आधा दर्जन सेलिब्रेटी एउटै र्याम्पमा प्रस्तुत हुने भएका छन् । शनिबार (१४ डिसेम्बरमा) होटल याक एण्ड यतिमा आयोजना हुने ‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’ फेसन शो यी सेलिब्रेटी शो टपरको रुपमा र्याम्पमा देखिने भएका हुन् ।
हेल्दी च्वाइस ‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’ नाम दिइएको फेसन शोमा पुरुष र महिला गरेर ३० मोडलले विभिन्न पहिरनका आकर्षक डिजाइन र्याम्प प्रस्तुत गर्नेछन् । शोका लागि सबै मोडल अडिसन मार्फत छानिएका हुन् ।
प्रारम्भ प्रोडक्सनको आयोजनामा हुन लागेको फेसन शोमा विभिन्न ९ सिक्वेलमा स्वयंम गुरुङ, सेन्स क्लिक, अफ, सम्राट कउचर, राइनो लेदर्स, आग्य खनाल, हुबा, अन्नुस् क्रियसन, वेरा बाई जारा, राजन शाह लगायतका डिजाइनर्सका आकर्षक र नबिनतम पहिरन र्याम्पमा देख्न मिल्ने आयोजक प्रारम्भ प्रोडक्सनका फाउन्डर निर्देशक पवन आचार्यले जानकारी दिए ।
हेल्दी च्वाइस मुख्य प्रायोजक रहेको फेसन शो ‘ग्ल्याम नेपाल इन्टरनेशनल’को यो चौथो सिजन हो । नयाँ र आकर्षक पहिरनको बारेमा फेसन प्रेमीलाई जानकारी दिने र फेसन डिजाइनरलाई प्रोत्साहन गर्ने उद्देश्यले फेसन शो आयोजना गर्न लागिएको प्रारम्भ प्रोडक्सनको भनाई रहेको छ ।
शोमा कलाकार, व्यवसायी लगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण