एनपीएलमा आज : लुम्बिनीविरुद्ध कर्णाली र विराटनगरविरुद्ध चितवन प्रतिस्पर्धामा
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुने भएका छन् । पहिलो खेलमा प्लेअफको दौडबाट बाहिरिइसकेको टिम लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सले आज खेल्दैछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
यसअघि ६ खेल खेलमा पारजित भएर प्लेअफ होडबाट बाहिरसकेको लुम्बिनी लिगकै अन्तिम खेल खेल्दैछ । अर्कोतर्फ कर्णाली याक्स लुम्बिनीलाई हराएर प्लेअफ यात्रा अझ बलियो बनाउने लक्ष्यमा छ । ५ खेल खेल्दा ३ मा जित र २ मा हारबाट ६ अंक जोडेको कर्णाली पाँचौँ स्थानमा छ ।
सुरुवाती दुई खेलमा पराजित भएपनि त्यसपछि लगातार तीन खेल जितेको कर्णाली लयमा छ र त्यो जितको लय कायम राख्न चाहन्छ । लुम्बिनीलाई पराजित गरेमा कर्णाली प्लेअफको एक कदम नजिक पुग्नेछ ।
दोस्रो खेलमा प्लेअफ पुग्ने गणितीय सम्भावना कायम राख्न जित्नै पर्ने दबाबसहित विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध प्रतिस्पर्धा गर्दै छ । यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
पाँच खेलमध्ये चारमा हार र एकमा जित निकालेको विराटनगर अंक तालिकाको पुछारमा छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरको खातामा दुई अंक मात्र छ । आजको खेलमा चितवनविरुद्ध पराजित भए विराटनगर प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिने दोस्रो टिम बन्नेछ ।
यता, विराटनगरविरुद्ध मैदान उत्रिँदा कुशल मल्लको कप्तानीमा रहेको चितवन भने जितसहित प्लेअफ सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुनेछ ।तालिकाको तेस्रो स्थानमा आसीन चितवनले पाँच खेलमा तीन जितसहित ६ अंक जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण