नेपाल आइपुगे महान क्रिकेटर ब्रायन लारा
काठमाडौं । महान क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन् । उनी बिहान ९ः१५ बजेतिर काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका छन् ।
लारा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न उनी नेपाल आएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
ट्रिनिडाडमा जन्मिएका ५५ वर्षीय बायाँ हाते ब्याटर सर्वकालिक क्रिकेटका दिग्गज खेलाडीमध्ये एक मानिन्छन् । उनले १३१ टेस्ट खेल्दै ५२.८८ को औसतले ११ हजार ९५३ रन बनाएका छन् ।
टेस्ट क्रिकेटको एक इनिङ्समा सर्वाधिक रन बनाउने कीर्तिमान उनको नाममा छ । उनले सन् २००४ मा इंग्ल्याण्डविरुद्ध ४ सय रन बनाउँदै नटआउट रहेका थिए ।
त्यस्तै, उनले २९९ एकदिवसीयमा ४०.४८ को औसतले १० हजार ४०५ रन जोडेका छन् । एकदिवसीयमा उनको उच्च स्कोर १ सय ६९ रन रहेको छ । उनले सन् २००७ मा क्रिकेटबाट सन्यास लिएका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण