पत्रकार महासङ्घ पर्सा शाखाको अध्यक्षमा खनाल, को-को आए कार्यसमितिमा ?
पर्सा । नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको अध्यक्ष पदमा ओमप्रकाश खनाल विजयी भएका छन् । नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा नयाँ कार्यसमितिको उपाध्यक्षमा भूषण यादव, महिला उपाध्यक्ष पदमा निलिमा पौडेल निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत शत्रुघन नेपालले जानकारी दिए । सचिव पदमा विजय चौहान, सहसचिव समावेशी पदमा एसके चौरसिया, सहसचिव खुला पदमा अजयकुमार चौरसिया विजयी भएका छन् ।
कोषाध्यक्ष पदमा सञ्जीवकुमार मिश्र निर्वाचितभए। त्यस्तै महिला सदस्य पदमा कमला भण्डारी, आदिवासी जनजाति सदस्यमा अजितकुमार भुजेल र मधेसी सदस्यमा आरोहण साह निर्वाचित भएका छन् । अन्य समावेशी सदस्यमा प्रकाशकुमार तिवारी पनि विजयी भए । खुला सदस्यतर्फ तिवारी यादव, राहुल गुप्ता, श्याम कुशवाहा, प्रमोद यादव, बलिराम शुक्ला, रितेश झा निर्वाचित भए ।
त्यस्तै केन्द्रीय परिषद् सदस्यमा महेशचन्द्र गौतम र राघव साह कानु निर्वाचित भएका छन् । पर्सा शाखामा एक सय ६७ मतदाता भए पनि एक सय ६१ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युयोर्कमा १० लाख भाडा–नियन्त्रित अपार्टमेन्टको भाडा यथावत्, मेयर मामदानीको चुनावी वाचा पूरा
-
एप्पलले बढायो म्याकबुक र आइप्याडको मूल्य
-
कविन्द्रले किन छाडे महामन्त्रीको दाबी ?
-
फ्राइडे रिलिज : प्रदर्शनमा ‘जाँड’
-
यू–१५ विश्वकपबाट रुसको फिफा प्रतियोगितामा पुनरागमनको सम्भावना
-
हाइटी र सिरियाली आप्रवासीको टीपीएस हटाउन ट्रम्प प्रशासनलाई सर्वोच्च अदालतको अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण