नेपाल पत्रकार महासङ्घ चितवन शाखाको अध्यक्षमा पराजुली
नारायणगढ । नेपाल पत्रकार महासङ्घ चितवन शाखाको अध्यक्षमा वसन्तराज पराजुली निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनको निर्वाचन समितिद्वारा आज सार्वजनिक गरिएको मत परिणामअनुसार पराजुलीले एक सय ३२ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रकाशमणी ज्ञवालीले ९० मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा दीपेन्द्र अधिकारी, महिला उपाध्यक्षमा शान्ता अधिकारी र सचिवमा राजेश घिमिरे निर्विरोध निर्वाचित भएका छन् । शाखाको सह–सचिवमा खुलातर्फ रविना पौडेल र समावेशीतर्फ राजु चौधरी निर्वाचित भएका छन् भने कोषाध्यक्षमा कृष्ण आचार्य निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्य (आदिवासी जनजाती) मा सुनिलकुमार श्रेष्ठ र (दलित) मा सरोज उपरकोटी पनि निर्विरोध निर्वाचित भएका छन् । सदस्य (महिला)मा अस्मिता पराजुली निर्वाचित भएका छन् । शाखाको खुला सदस्यमा कुलप्रसाद काफ्ले, केशव भट्टराई, राजु सापकोटा, बद्रीप्रसाद अर्याल, रोहिणी त्रिपाठी, सनद अधिकारी, सुदन पौडेल, सुरेन्द्र पौडेल, सुशील पन्त र हेमराज रिमाल निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी शाखाबाट प्रदेश परिषद् १७ जना सदस्यमा खुलातर्फ अर्जुन अधिकारी, किशोरचन्द्र सापकोटा, कृष्णप्रसाद खनाल, दीपक पोखरेल, बिचित्र पौडेल, रमेश पौडेल, लक्ष्मण गौतम, सूर्यप्रसाद अधिकारी र होमनाथ न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । समावेशी सदस्यतर्फ अनिता अर्याल, अमिर रामदाम, गिता दराई घिमिरे, निरुता विक, पूजा ढकाल, प्रतीमा तामाङ, राजनदिल गुरुङ, र सिन्धु ढकाल निर्विरोध निर्वाचित हुनुभएको शाखाका सल्लाहकार तिलकराम रिमालले जानकारी दिए ।
शाखाबाट केन्द्रीय परिषद् छ जना सदस्यमा खुलातर्फ तिलकराम रिमाल, अनिल ढकाल र शालिकराम नेपाल निर्वाचित भएका छन् भने समावेशी सदस्यमा ईश्वर जोशी, प्रमीता ढकाल र प्रतीमा सिलवाल निर्विरोध निर्वाचित भए । कूल दुई सय ५५ जना सदस्य रहेको शाखाको निर्वाचनमा दुई सय २३ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण