दुर्घटनामा परेको कारबाट १ सय ३० किलो गाँजा बरामद
शनिबार, २९ मङ्सिर २०८१, २२ : ०५
सिरहा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नगपालिका १० जिरोमाईलमा दुर्घटनामा परेको कारबाट १ सय ३० किलो गाँजा बरामद भएको छ। पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ३ ख ७५९१ नम्वरको ट्रकमा उत्तर तर्फको सहायक सडकबाट आइरहेको बा. २८ च ९९६३ नम्वरको कार आपसमा ठोकिएर दुर्घटना भएको कारमा सो परिणामको गाँजा फेला परेको हो।
कारमा रहेको पाँचवटा कालो प्लाष्टिकमा गाँजा रहेको प्रहरीले पुष्टि गरेको छ। ती पोकाहरुमा १ सय ३० केजी गाँजा रहेको प्रहरीले जनाएको छ।
‘कार ठोकिएलगतै कारभित्रबाट २–३ जना मानिसहरु निस्केर भित्रबाट पोकाहरु झिक्दै सीटी रिक्सामा हाल्न खोजिरहेका थिए। त्यहि क्रममा स्थानीयले नियाल्न थालेपछि उनीहरु छोडेर भागे’ एक स्थानीयले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
-
अपूर्वाको खुलासा : कठिन समयमा सूफीले बचाएका थिए ज्यान
-
पेसागत मर्यादा र आत्मसम्मान नै वास्तविक लोकतन्त्र हो : प्रहरी महानिरीक्षक कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण