विद्युतीय सवारीसाधन आजको आवश्यकता : मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विद्युतीय सवारीसाधन आजको आवश्यकता र माग भएको बताएका छन् । आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री दाहालले विद्युतीय सवारी साधनको जोडमा मन्त्रालय लागिपरेको उल्लेख गरे । उनले विद्युतीय सवारीसाधन मात्रै पूरा समाधान नभएको पनि उल्लेख गरे । उनले पछिल्लो समय ब्याट्री डिस्पोजका समस्या धेरै उठिरहेको बताए । उनले त्यसको व्यवस्थापन संसारका लागि नै चुनौती बनिरहेको बताए । उनले सरकार अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ फर्काउन कोसिस गरिरहेको बताए ।
उनले भने, ‘इलेक्ट्रिक भेकल आजको आवश्यकता र माग हो । मन्त्रालयले यसको पूर्वाधार र ब्याकअप विकासमा जोड दिइरहेको छ । हुनतः इभी नै पूरा समाधान त होइन, किनभने यसका पनि धेरै प्रश्नहरू उठेका छन् । जस्तो ब्याट्री डिस्पोजका समस्या आज ज्वलन्त रूपले उठिरहेको छ । त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेकुरा पनि उठेको छ । यसमा हामीले ध्यान दिइरहेका छौँ ।’
मन्त्री दाहालले राज्य र निजी क्षेत्रबिचको सम्बन्ध सुमधुर हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण