महिला यू–१९ एसिया कप क्रिकेट : आज नेपाल र पाकिस्तान भिड्दै
काठमाडौँ । एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगितामा सोमबार नेपालले आफ्नो पहिलो खेल खेल्दैछ । मलेसियामा जारी उक्त प्रतियोगितामा नेपाली टोलीले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्न लागेको हो ।
नेपाल र पाकिस्तानबिचको खेल नेपाली समय अनुसार, बिहान ११ः४५ बजे सुरु हुनेछ । आठ दिनसम्म चल्ने उक्त प्रतियोगितामा नेपालसहित ६ वटा टोलीको सहभागिता रहेको छ । सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा बंगलादेश, मलेसिया र श्रीलंका रहेका छन् । नेपाल प्रतियोगिताको समूह ‘बी’ मा छ । चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानमा पनि नेपालकै समूहमा परेका छन् । नेपाली टोलीले आफ्नो दोस्रो खेल मंगलबार भारतसँग खेल्नेछ ।
प्रारम्भिक चरणको खेलपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको ‘सुपर–४’ चरणमा प्रवेश गर्नेछन् । प्रतियोगितामा वरीयता निर्धारणका लागि पनि खेल हुनेछ ।
प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन उपकप्तान, एलिसा कुमारी यादव, साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्ण विक, अनु कडायत र किरण कुमारी कुँवर छन् ।
यसअघि प्रतियोगिताको पहिलो दिन आइतबार खेलिएको खेलमा भारतले चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई नौ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो । अर्को खेलमा श्रीलंकाले आयोजक मलेसियालाई ९४ रनको फराकिलो अन्तरले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण