सांसद र पत्रकारहरुबिचको सम्बन्ध सहज हुनुपर्छ : अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसद र पत्रकारहरुबिचका सम्बन्धमा केही असहज जस्तो देखिएको बताउँदै यसमा खुल्ला बहस हुनुपर्नेमा जोड दिएका छन् । सोमबार ‘संसदीय पत्रकारिता, अवधारणा र अभ्यास’ नामक पुस्तकको विमोचन गर्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष दाहालले आचारसंहिता पालना गर्ने कुरामा पनि सबै पक्ष गम्भीर र संवेदनशील हुनुपर्ने बताए । उनले भने, ‘अहिलेका युवा पत्रकार खोजमा चासो दिने खालका छन् । आचार संहिताबारे पनि सबै गम्भीर र संवेदनशील बन्न जरूरी छ । यसमा अलि बहस हुनुपर्छ ।’
उनले सूचना नदिँदैमा पत्रकारहरु रिसाइहाल्नुनपर्ने बताए । उनले एक प्रसंगबारे स्मरण गर्दै भने– ‘संवैधानिक परिषद बैठकमा पहिलो चोटि गएको थिएँ, पत्रकार साथीहरूले फोन गरेर सोध्नुभयो मैले भनिन् । पत्रकार साथीहरूले जानकारी नदिने भनेर गुनासो गरेको पाएँ।’
उनले सबै पत्रकारहरुमा आलोचनात्मक चेत हुनुपर्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण