गुगलले ल्यायो नयाँ अपरेटिङ सिस्टम
सोमबार, ०१ पुस २०८१, १३ : ०४

काठमाडौँ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी गुगलले अर्को एउटा अपरेटिङ सिस्टम ल्याएको छ । कम्पनीले एक्सटेन्डेड रियालिटी (एक्सआर) र स्मार्ट ग्लासेजका लागि भने एन्ड्रोइड एक्सआर तयार पारेको हो । यसमा गुगलको जेमनी एआई पनि चल्नेछ ।
नयाँ अपरेटिङ सिष्टमलाई कम्पनीले मिक्स्ड रियालिटी हेडसेट, स्मार्ट ग्लास र अगुमेन्टेन्ड रियालिटी (एआर)बाहेक भर्चुअल रियालिटीमा प्रयोग गर्न सक्नेछ । कम्पनीले बिहीबार एन्ड्रोइड एक्सआरको पहिलो डेभलपर प्रिभ्यू जारी गरेको थियो ।
केही दिनअघि गुगलको प्रतिस्पर्धी कम्पनी एप्पलले पनि एप्पल भिजन प्रो डिभाइसका लागि भिजन ओएस लञ्च गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल पर्यटकको रोजाइमा
-
सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालद्वारा सगरमाथाको सफल आरोहण
-
कोशी प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदै
-
कोशी प्रदेश सरकारले सोमबार नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने
-
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीको आन्दोलन स्थगित, पाँच बुँदे सहमति
-
कम्युनिस्ट पार्टीमा सामूहिक र संस्थागत आर्थिक प्रणाली आवश्यक