दक्षिण कोरियामा यूनविरुद्धको महाभियोगमा सुनवाइ सुरु
सोल । दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति यून सुक येओलविरुद्धको महाभियोगको सुनवाइ प्रक्रिया सुरु गरेको छ । ‘मार्सल ल’ लगाउने असफल प्रयास गरेर देशलाई राजनीतिक सङ्कटमा धकेलेपछि हालै मात्र यूनमाथि महाभियोग लगाइएको थियो ।
गएको शनिवार दोस्रो पटकको प्रयासमा यूनविरुद्धको महाभियोग प्रस्ताव पारित भएको थियो । यूनले अचानक मार्सल ल लगाए लगत्तै देशभरमा उनको राजीनामाको माग गर्दै यूनविरुद्ध व्यापक विरोध प्रदर्शन भएका थिए ।
यूनलाई हटाउने कि पुनः स्थापित गर्ने भन्ने निर्णय गर्न अब अदालतसँग ६ महिनाको समय हुनेछ । युनको महाभियोगको सुनवाइको सार्वजनिक पेशीलाई भने महिनौँ लाग्न सक्ने भएपनि यतिबेला यो विषयलाई तत्कालै सल्टाएर राजनीतिक अनिश्चय अन्त्य गर्नु पर्ने दबाब अदालतमाथि छ ।
अदालतको कारबाहीको बेलामा पनि यूनलाई हटाउनुपर्ने माग नछाड्ने प्रदर्शनकारीहरूले बताएका छन् । यसअघि दक्षिण कोरियामा २ पटक राष्ट्रपतिमाथि महाभियोग प्रस्ताव पारित भएको थियो । तर अदालतले एउटा अभियोग उल्ट्याएको थियो भने अर्को चाँहि यथावत् राखेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण