उच्च अंकले घट्यो नेप्से, परिसूचक २६३१ बिन्दुमा
काठमाडौँ । सोमबार पनि सेयर बजार परिसूचक (नेप्से) ओरालो लागेको छ । ५१.३७ अंकले बजार घट्दा परिसूचक २६३१ बिन्दुमा ओर्लिएको छ । आज २२७ कम्पनीको सेयर मूल्य घटेको छ ।
यसमा सबैभन्दा धेरै जानकी फाइनान्स लिमिटेड, नेपाल फाइनान्स लिमिटेड, नारायणी विकास बैंक, स्वाभिमान लघुवित्त लगायतका लगानीकर्ताले धेरै गुमाएका छन् । जानकी फाइनान्सको सेयर मूल्य आज ९.५८ प्रतिशतले घटेको छ ।
सोमबार १५ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । यसमा कुथेली बुखरी जलविद्युतको मूल्य १० प्रतिशतले बढ्यो । जोशी हाइड्रोपावको ८.७० प्रतिशत, कुमारी सबल योजनाको ५ प्रतिशत र नेशनल हाइड्रोपावर कम्पनीको मूल्य ३.९८ प्रतिशतले बढ्यो ।
कारोबार रकमका हिसाबले आज एनआरएन इन्फ्रास्ट्रक्चर पहिलो नम्बरमा रह्यो । यसको २६ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार कुल १ करोड २७ लाख ४५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ९३ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण