रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई हिरासतमा राख्न पछिल्लो पटक लिएको ५ दिनको म्याद सकिएको छ । सोमबार नै म्याद सकिएकोले आज उनलाई अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
अभियोजन नगर्दासम्म उनलाई हिरासतमा राख्नुपर्ने भएकोले आज म्याद थपको लागि अदालतमा उपस्थित गराइने भएको हो । उनीविरुद्ध पुस ५ मा जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्नेगरी सरकारी वकिल कार्यालयले तयारी गरिरहेको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिन अनुसन्धान गर्न पाउने समय हुनाले पुस ५ मा उनीविरुद्ध अभियोग पत्र दायर गरिँदै छ । पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेको मितिले पुस ५ मा ९० दिन पुग्छ । लामिछानेलाई जोशी पक्राउ परेकै मितिबाट म्याद मिलान गरिएको छ ।
आज उनलाई ४ दिन हिरासतमा राख्न अदालतमा अनुमति माग गरिने अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । ती अधिकृत भन्छन्, ‘५ गतेसम्म हिरासतमा राख्न अनुमति माग्छौँ, मुद्दा दर्ता भएपछि अदालतको प्रक्रिया अनुसार हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण