सिमानामा हुने तस्करी रोक्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सिमानामा हुने तस्करी रोक्न निर्देशन दिएका छन् । रुपन्देहीको भैरहवामा आयोजित लुम्बिनी प्रदेश स्तरीय गोष्ठीलाई सम्बोधन गर्दै उनले भने, ‘लुम्बिनी प्रदेशमा राजश्व चुहावट भइरहेको सुन्नमा आएको छ, सिमानामा हुने तस्करी तुरुन्त रोक्न म निर्देश गर्छु ।’
सीमापार अपराधको नियन्त्रण नियन्त्रण देखिने गरी हुनुपर्ने उनले बताए । लेखकले भने, ‘लागू औषधको नियन्त्रण, आत्महत्या र सडक दुर्घटना न्यूनीकरण गर्नु होला ।’
लेखकले शान्ति सुरक्षा लोकतन्त्रको पहिलो सर्त भएको बताएका छन् ।
सरकार बन्ने बित्तिकै सरकार ढल्छ भन्ने र मन्त्री बन्ने बित्तिकै मन्त्री हट्छन् भन्ने हल्ला चलाइने गरेको उल्लेख गर्दै मन्त्री लेखकले अहिलेको गठबन्धन २०८४ सम्म नै जाने जिकिर गरेका छन् ।
गोष्ठीमा गृह मन्त्रालयका सचिव गोकर्णमणि दवाडी, सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहितका पदाधिकारी सहभागी छन् । त्यस्तै, लुम्बिनी प्रदेश मातहतका जिल्लामा कार्यरत जिल्ला सुरक्षा समितिमा पदाधिकारीहरू गोष्ठीमा सहभागी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण