सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन निर्माण परिणामउन्मुख भएको छैन: सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीयतालाई बलियो बनाउने कानुन निर्माण गर्न नसकिएको स्वीकार गरेका छन् । उनले कानुन बनाउन संसद्को प्रयत्न र प्रयास पर्याप्त रहे पनि परिणाम आउन नसकेको उल्लेख गरे ।
पोखरामा मंगलबारदेखि अन्तर व्यवस्थापिका सम्मेलनलाई सम्बोधन गर्दै उनले संसारमा संसद् प्रभावकारी भए मात्रै सरकारले सेवा प्रवाहमा सुधार गर्ने गरेका उदाहरण रहेको बताए । ‘सङ्घीयतालाई बलियो बनाउने कानुन निर्माण गर्न संसद्को प्रयत्न र प्रयास पर्याप्त रहे पनि परिणाम आउन सकेको छैन,’ उनले भने ।
सभामुख घिमिरेले लामो राजनीतिक आन्दोलनले धेरै व्यवस्थाहरू परिवर्तन गरेको भन्दै राष्ट्र निर्माणका लागि सबै शक्ति लगाउनुपर्नेमा जोड दिए । सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरू निर्माण गर्न ढिला भएको बताउँदै सभामुख घिमिरेले आगामी अधिवेशनमा ती विधेयक पारित गर्न संसद्ले सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।
‘आधारभूतरुपमा सङ्घीयताको पक्षमा भएका र संविधान निर्माणमा योगदान गरेका दलहरू नेतृत्वमा रहेकाले संविधान अनुकूल निर्माण गर्नुपर्ने कानुन बन्नेमा आशावादी बन्न सकिन्छ,’ उहाँले भन्नुभयो ।
सभामुखले संविधान संशोधनको बहसका बिच भएको सङ्घीय संसद् र प्रदेश सभासहितको सम्मेलन अर्थपूर्ण रहेको बताए । उनले सङ्घीय संसद् र प्रदेश सभालाई प्रभावकारी बनाउन अन्तर व्यवस्थापिका सम्मेलन सफल हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण