पाकिस्तानलाई हराएपछि उत्साही नेपालले बलियो भारतलाई दियो ९५ रनको लक्ष्य
काठमाडौँ । एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिताको मंगलबार खेलिएको आफ्नो दोस्रो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतलाई जितका लागि ९५ रनको लक्ष्य दिएको छ ।
मलेसियामा जारी खेलमा टस हारी ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९४ रन बनाएको हो । नेपालका लागि कप्तान पूजा महतोले २५ रनको योगदान गरिन् ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएकी पूजाले ४० बलको सामना गरी तीन चौका पनि हिर्काइन् । उनी दुर्भाग्यपूर्ण तरिकाले रन आउट भई मैदानबाट बाहिरिएकी थिइन् ।
नेपाली टोलीले दुवै ओपनरलाई सस्तैमा गुमाएको थियो । ओपनर साना प्रविन ३३ बलमा नौ रन र सावित्री धामी चार बलमा तीन रन बनाउँदै पेभेलियन फर्किएका थिए ।
_pGZGYX7A52.jpg)
चौथो नम्बरमा क्रिज समाल्न आएकी सोनी पाख्रिन पनि आठ रनभन्दा अगाडि बढ्न सकिनन् । ज्योत्सनिका मरासिनी ६ रन र सिमाना केसी शून्य रनमै आउट भए ।
सातौँ नम्बरमा क्रिज समाल्न आएकी एलिसा यादबले टोलीको खातामा अविजित २० रन थपिन् । विकेटकिपर ब्याटर एलिसाले नौ बलको सामना गरी चार चौका पनि हिर्काइन् ।
अनु कडायत एक रनमै पभेलियन फर्किइन् । कुशुम गोदार पनि एक रनै आउट भइन् । रचना कुमारी चौधरीले अविजित तीन रन बनाइन् ।
नेपाली टोलीले अतिरिक्त रूपमा पनि १८ रन पायो । भारतीय टोलीकी बलर परुनिका सिसोदियाले चार विकेट लिइन् । अनन्दिता किशोर र मिथिला विनोदले पनि एक–एक विकेट हात पारे ।
नेपाली टोली यसअघि नै ‘सुपर–४’ चरण (सेमिफाइनल) मा प्रवेश गरिसकेको छ । नेपालले सोमबार खेलिएको आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी पाकिस्तानलाई ६ विकेटले हराएको थियो ।
_FT6wZfDUzF.jpg)
नेपाली टोली प्रतियोगिताको समूह ‘बी’ मा रहेको छ । समूहमा एक खेल खेलेको भारत दुई अङ्कसहित पहिलो र समान खेल खेलेको नेपाल समान अङ्कसहित दोस्रो स्थानमा आसीन छन् ।
पाकिस्तानी टोली भने उपाधि होडबाट बाहिरिइसकेको छ । आफूले खेलेको दुवै खेलमा पाकिस्तानी टोली चिर प्रतिद्वन्द्वी भारतसँग नौ विकेटले पराजित भएको थियो ।
मंगलबारको खेलपछि समूह विजेताको टुङ्गो लाग्नेछ । आठ दिनसम्म चल्ने प्रतियोगितामा ६ वटा टोलीको सहभागिता रहेको छ । बंगलादेश, श्रीलंका र मलेसिया समूह ‘ए’ मा छन् ।
समूह ‘ए’ बाट दुई खेल खेलेको बंगलादेश चार अङ्कसहित र दुई खेल खेलेको श्रीलंका दुई अङ्कसहित सेमिफाइनलमा पुगेका छन् । दुवै खेलमा पराजित भएको मलेसिया उपाधि होडबाट बाहिरिएको छ ।
प्रारम्भिक चरणको खेलपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको ‘सुपर–४’ चरणमा प्रवेश गर्ने प्रावधान रहेको छ । प्रतियोगितामा वरीयता निर्धारणका लागि पनि खेल हुनेछ ।
प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन उपकप्तान, एलिसा कुमारी यादब, साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्ण विक, अनु कडायत र किरण कुमारी कुँवर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण