सहकारी ठगीमा संलग्नहरू पानीमुनि गएपनि प्रतिवेदनले छाड्दैन : सूर्य थापा
काठमाडौँ । एमाले सांसद तथा सहकारी छानबिन समितिका सभापति सूर्यबहादुर थापाले सहकारी ठगीमा संलग्न र फरार व्यक्तिहरू जहाँसुकै भएपनि जोगिने अवस्था नरहेको बताएका छन् ।
मंगलबार काठमाडौँमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै थापाले भने, ‘सहकारी ठगीमा संलग्न र फरार व्यक्तिहरू अब जहाँसुकै भएपनि जोगिने अवस्था छैन ।’
छानबिन प्रतिवेदनले सहकारी ठगीमा संलग्नहरुलाई प्रतिवेदनका आधारमा सरकारले कारबाहीको दायरामा ल्याउने बताए ।
‘पानीमुनि गएपनि छाड्दैन, आकाशमै गएपनि छोड्दैन । पाताल मुनि गएपनि छाड्दैन । यो एउटा राष्ट्रिय जागरण, जागृति र कर्तव्यबोधको अनुभूति प्रतिवेदनले गरेको छ’, थापाको भनाइ छ ।
थापाको नेतृत्वमा सहकारीको रकम हिनामिना र अपचलनबारे संसदीय छानबिन समिति बनेको थियो । त्यही प्रतिवेदनका आधारमा अहिले रास्वपा सभापति रवि लामिछाने, छविलाल जोशीलगायतलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।
उनले पाँचवटा पार्टीको सहमतिमा प्रतिवेदन बनेको भन्दै पछिल्लो समय प्रतिवेदन एक जना मानिसमा मात्र केन्द्रित भएको भनेर तुवाँलो छर्ने काम भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण